२७ बैशाख २०८२ कपुरकोट सल्यान

“कृषि, पर्यटन र पूर्वाधार, कपुरकोट गाउँपालिकाको विकासको आधार : कपुरकोट जागरण अभियान वर्ष २०८१/०८२ सफल पारौं” भन्ने नारा सहित कपुरकोट गाउँपालिकामा प्रविधि युक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतको प्राविधिक सहयोगमा र कपुरकोट गाउँपालिकाको कार्यालय, सल्यानको आयोजनामा सञ्चालन गरिएको यस शिविरमा AI X-Ray मेसिन प्रयोग गरी छातीको निःशुल्क एक्स-रे तथा क्षयरोग पहिचान सेवा प्रदान गरिएको हो ।

जनस्वास्थ्य निरीक्षक भुवन डागीका अनुसार, शिविर विभिन्न वडामा सञ्चालन गरिएको थियो र तथ्यांक निम्नानुसार रहेको छ:

वडा नं. १ र २स्वास्थ्य चौकी गर्पामा
जम्मा स्क्रिनिङ: १४० जना, खकार सङ्कलन: २२ जना

वडा नं. ३ र ४कपुरकोट आधारभूत अस्पतालमा
जम्मा स्क्रिनिङ: ८१ जना, खकार सङ्कलन: २ जना

वडा नं. ५स्वास्थ्य चौकी रिममा
जम्मा स्क्रिनिङ: ८६ जना, खकार सङ्कलन: १४ जना

वडा नं. ६स्वास्थ्य चौकी सिनबाङमा
जम्मा स्क्रिनिङ: १४५ जना, खकार सङ्कलन: २६ जना

शिविरमा सेवा प्रदान गर्ने चिकित्सकहरूमा:

मे.अ. जगत किरण वली, जिल्ला अस्पताल खलंगा, सल्यान

महेन्द्र थापा, MDR व्यवस्थापन, स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत
लगायतको टोली सक्रिय रहेको थियो ।

सञ्चालित शिविरले ग्रामिण भेगमा अत्याधुनिक प्रविधिमार्फत रोगको पहिचान गर्न मद्दत गरेको छ । कपुरकोट गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।