वैशाख १५, सल्यान।
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग ycl सल्यानको चौथो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले खड्क प्रसाद खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
७१ सदस्यीय नयाँ समिति सबै पालिकाबाट एकरएक जना पदाधिकारी समावेश गर्दै सहमतिका आधारमा गठन गरिएको निर्वाचन समिति संयोजक थल राज भण्डारीले जानकारी दिए। उपाध्यक्षहरूमा राकेश जैशी, दीपक बुढाथोकी, प्रकाश कवर र तुलाराम पुन निर्वाचित भएका छन्। सचिवमा भुपेन्द्र खड्का चयन भएका छन् भने सहसचिवहरूमा भोला विक, दिलमाया भण्डारी, नवीन वली र प्रकाश बुढाथोकी निर्वाचित भएका छन्। संगठनको कोषाध्यक्ष पहिलो बैठकले चयन गर्नेछ संगठनका निवर्तमान अध्यक्ष धन बहादुर परियारले जानकारी दिएका छन ।
सम्मेलन पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य रमेश मल्ल, संगठनका केन्द्रीय महासचिव गणेश शाही, पार्टीका केन्द्रीय सदस्यहरू कृति बहादुर पुन र भीम प्रकाश शर्माको विशिष्ट आतिथ्यता रहेको थियो।
उनीहरूले सम्मेलनमा सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै सफलताको शुभकामना व्यक्त गरे।
सम्मेलनमा पार्टीका जिल्ला संयोजक मानबहादुर मल्ल, संगठनका केन्द्रीय सचिव हरि ढकाल र शैलेश शर्मा, नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष राजेन्द्र भण्डारी, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष गणेश वली र नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सम्मेलनमा संगठनका नेताहरू शोभाराम भण्डारी, प्रतिभा वली लगायतले सहजिकरण तथा सपथ ग्रहण गराएका थिए ।
