सल्यान, ६ बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा १२ को माझखर्क निगालचुलामा लिफ्ट खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पुर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा आज विशेष कार्यक्रमका विच उक्त आयोजना हस्तान्तरण गरिएको छ । दुरदराज र उच्च भुभागमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतिकरणमा यसरी नै विकास गर्न सके उच्च वसाइसराइको दरलाइ समेत रोक्न सकिने ज्वालाको भनाइ रहेको थियोे ।
सबैका लागि दिगो खानेपानी सरसफाइ स्वच्छता आयोजना (सुस्वा) र बनगाड कुपिण्डे पालिकाको ७८ लाख ९६ हजार ८ रुपैयाँ, उपभोक्तको नगद योगदान २ लाख ७९ हजार, साथै उपभोक्ताको श्रमदान १९ लाख १० हजार ३ सय २३ गरि लागत साझेदारी १ करोड ८५ हजार ३ सय ३१ रकम वृहत् लिफ्ट खानेपानी आयोजनाको काम औपचारिक रुपमा आज विशेष कार्यक्रम विच उपभोक्त समितिलाई हस्तान्तरण गरिएको छ ।
निगालचुलाको माझखर्कमा खानेपानी सहजता पुगे पछि स्थानीय खुसि वनेका थिए । २ सय मिटर भर्टिकल हाइटमा लिफ्ट खानेपानी आयोजनाबाट पानीमाथि फालेर खानेपानी सुखड क्षेत्रमा नगरपालिकाले खानेपानीको सहजता थपेको छ । नगरको उच्च भेग माझखर्कमा पानी पुगेपछि र स्थानीयको दुख कष्टकर जिवनमा सुविधा थपेकोमा कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख कर्णवहादुर वुढाथोकीसमेत खुसि हुनुहुन्थ्यो ।
पालिकाभर एक घर एक धारको प्राबधान अनुसार नगरपालिका अघि वढेको नगर प्रमुख वुढाथोकीको भनाइ रहेको थियोे । उक्त खानेपानी आयोजनाले निर्माण गरेका जम्मा ६५ धाराहरु मध्ये ६२ निजि, १ बिद्यालय, १ स्वास्थ्य संस्था र वाडा कार्यालयमा धारा जडान गरी गरिएकोको छ । आयोजनाबाट ६२ घरधुरीका करिव ३ सय स्थानीयलाई र अन्य व्यक्तिहरुलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गोकर्ण पन्थी, पुर्वाधार विकास शाखा प्रमुख महेश देवकोटा, वडा अध्यक्ष लालबहादुर घर्ती, निवर्तमान स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेल, वास सल्लाहकार गुम्म वहादुर नेपाली, वास संयोजक गोविन्द प्रसाद शर्मा विभिन्न राजनीतिक दलका प्रतिनिधि स्थानीयको उपस्थिति रहेको थियोे ।
खानेपानी उपभोक्त समितिका अध्यक्ष भुमलाल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण वास सहजकर्ता निम प्रसाद बुढाले गर्नु भएको थियोे ।
