२ बैशाख २०८२ कपुरकोट सल्यान ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित कपुरकोट गाउँपालिका–४ द्वारा आयोजित दोश्रो वडा कप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि पुरुष रतर्फ दबाङ चिन्नेखोला टोल विकास संस्था र महिलातर्फ घंगारिचौर टोल विकास संस्थाले जितेका छन् ।
२०८१ चैत ३१ गते उद्घाटन भई बैशाख २ गते समापन भएको प्रतियोगिता कपुरकोट ४ स्थित पोखराचौरमा सम्पन्न भएको हो । पुरुष र महिला भलिबल खेल समावेश गरिएको यस प्रतियोगितामा विभिन्न टोल विकास संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
पुरुषतर्फको नतिजा:
प्रथम: दबाङ चिन्नेखोला टोल विकास संस्था, चिन्नेखोला – रु. १५,००० नगद, मेडल र प्रमाणपत्र
द्वितीय: आदर्श टोल विकास संस्था, गाडापानी – रु. १०,००० नगद, मेडल र प्रमाणपत्र
तृतीय: जनचेतना टोल विकास संस्था, धनबाङ – रु. ६,००० नगद, मेडल र प्रमाणपत्र
सान्त्वना: मालारानी टोल विकास संस्था, किमुचौर – रु. ३,००० नगद, मेडल र प्रमाणपत्र
महिलातर्फको नतिजा:
प्रथम: घंगारिचौर टोल विकास संस्था, किमुचौर – रु. ६,००० नगद, मेडल र प्रमाणपत्र
द्वितीय: अम्मर स्मृति टोल विकास संस्था, धनबाङ – रु. ४,००० नगद, मेडल र प्रमाणपत्र
तृतीय: नमुना टोल विकास संस्था, किमुचौर – रु. २,००० नगद, मेडल र प्रमाणपत्र
सान्त्वना: दबाङ चिन्नेखोला टोल विकास संस्था, चिन्नेखोला – रु. १,००० नगद, मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडीको रूपमा:
प्रकाश विक (पुरुष)
सुजाता चन्द (महिला)
ले ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गरेका छन् ।
खेलहरूलाई मर्यादित र निष्पक्ष बनाउन रेफ्री सुरेश घर्ती र ललित सेनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
समापन समारोहमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी र वडा अध्यक्ष मित्रलाल कठायतले विजेता तथा सहभागी खेलाडीहरूलाई टीका, मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रमको सफलताका लागि सहयोग पुर्याउने पालिका तथा वडा टिम, पत्रकार, सुरक्षाकर्मी, टोल विकास संस्था र विभिन्न तहबाट साथ दिने सबै प्रति वडा अध्यक्ष मित्रलाल कठायतले धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।
