सल्यान, चैत्र २९

कपुरकोट गाउँपालिका वडा नं. ४ को आयोजनामा यहि आउँदो चैत्र ३१ गतेदेखि पोखराचौर खेलकुद मैदानमा दोश्रो वडा कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वडा भित्रका सम्पूर्ण दर्ता भएका टोल विकास संस्थाहरूलाई ब्यानर सहित आफ्ना टोल प्रतिनिधित्व गर्ने खेलाडी टोली सहित अनिवार्य रूपमा उपस्थित हुन आयोजकले अनुरोध गरेका छन् ।

प्रतियोगितामा पुरुष तथा महिला भलिबलका छुट्टाछुट्टै विधाहरूमा प्रतिस्पर्धा गराइने छ । आयोजकका अनुसार भलिबल खेल हालको समयमै सबै भन्दा बढी रुचाइएको र स्वास्थ्य सँग प्रत्यक्ष सम्बन्ध राख्ने खेल भएकाले यसलाई प्राथमिकतामा राखिएको हो । भलिबलले टिम भावना, अनुशासन, सहकार्य र शारीरिक तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने भएकाले वडा स्तरीय प्रतियोगितामा यसै खेललाई समावेश गरिएको आयोजकले बताए ।

पुरुष भलिबल प्रतियोगिताका पुरस्कार:

प्रथम: नगद १५,००० रुपैयाँ र प्रमाणपत्र

द्वितीय: नगद १०,००० रुपैयाँ र प्रमाणपत्र

तृतीय: नगद ६,००० रुपैयाँ र प्रमाणपत्र

सान्त्वना: नगद ३,००० रुपैयाँ र प्रमाणपत्र

महिला भलिबल प्रतियोगिता पुरस्कार:

प्रथम: नगद ६,००० रुपैयाँ र प्रमाणपत्र

द्वितीय: नगद ४,००० रुपैयाँ र प्रमाणपत्र

तृतीय: नगद २,००० रुपैयाँ र प्रमाणपत्र

सान्त्वना: नगद १,००० रुपैयाँ र प्रमाणपत्र

खेलकुद कार्यक्रम सँगै स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले लोपोन्मुख पञ्चेबाजा, स्वरठी नाच लगायत सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ । स्थानीय कलाकारहरूको विशेष प्रस्तुति प्रतियोगिताको आकर्षणको केन्द्र हुने आयोजकको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुने टिमका लागि नियमहरू:

एक टोल विकास संस्थाबाट एक टिम मात्र सहभागी गराइनेछ ।

प्रत्येक टिममा ९ जना खेलाडी अनिवार्य रूपमा हुनुपर्नेछ ।

खेलाडीहरू खेलकुद पोशाकमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ ।

थप जानकारीका लागि:

वडा अध्यक्ष: मित्रलाल कठायत (९७४२२५३१६०)

खेल संयोजक: रेशम चन्द (९८४३३६५०८४)