२०८१ चैत्र २२ गते , सल्यान

नेकपा एकीकृत समाजवादी सल्यानको अध्यक्षमा रमेश गौतम सर्वसम्मत निर्वाचित भएका छन् । बुधबारबाट सुरु भएको नवौं जिल्ला अधिबेशनबाट अध्यक्ष सहित सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा टेक बहादुर वली र कल्पना सेजवाल, सचिबमा प्रेम बहादुर डिसी, उपसचिवमा मनबिर बस्नेत, जीतप्रसाद आचार्य र गोबिन्द डाँगी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएका गौतम यसअघिका सचिव समेत हुन् । पत्रकारिता यात्राबाट राजनीति सुरु गरेका गौतम पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष समेत हुन । नेकपा एमाले एक हुँदा आठौं अधिवेशनमा गौतम जिल्ला सचिवमा निर्वाचित भएका थिए । एमालेबाट फुटेर नयाँ पार्टी बन्दा पनि गौतम सचिव पदमै रहेका थिए ।