९ चैत्र २०८१ कपुरकोट, सल्यान ।
नेकपा (एमाले) कपुरकोट गाउँपालिका-४ अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघको अधिवेशन जोश, उत्साह र एकताका साथ भव्य रूपमा सम्पन्न भएको छ । पार्टी संगठनलाई स्थानी यस्तरमा अझ बलियो, सशक्त र गतिशील बनाउने उद्देश्य सहित सम्पन्न यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठन सुदृढीकरणका महत्वपूर्ण निर्णयहरू गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा (एमाले) कर्णाली प्रदेश सदस्य घनश्याम शर्मा रहेका थिए ।
अन्य अतिथिहरूमा नेकपा (एमाले) जिल्ला कमिटी सचिव तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पुष्पा बोहरा, जिल्ला कमिटी उपसचिव तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सनसिलता वली (डिसी), अखिल नेपाल महिला संघ जिल्ला सचिव भिमा बुढाथोकी, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज मित्रलाल कठायत लगायत नेताहरूको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भिम बहादुर सेनले नेकपा (एमाले) जनताको भावना, श्रम र संघर्षबाट निर्मित पार्टी भएको उल्लेख गर्दै भने, “कपुरकोट-४ एमालेका लागि उर्वर भूमि हो । हाम्रो अभियान चुनाव केन्द्रित मात्र होइन, समाजवाद निर्माण गर्ने अभियान हो ।”
उनले अन्य दलहरू भ्रमको राजनीति गरि रहेको बताउँदै एमाले मात्र साँचो लोकतान्त्रिक शक्तिको प्रतिनिधित्व गर्ने दल भएको स्पष्ट पारे । लोकतन्त्रको रक्षा गर्ने पार्टी एमाले हो । लोकतन्त्रको नाममा भ्रम सिर्जना गर्नेहरूसँग सचेत रहनुपर्छ । एमालेको एजेन्डा स्पष्ट छ विकास, समृद्धि र समानता सेनले भने ।
११ गते जिल्लाका सबै वडामा जनसभा सफल बनाउदै र १८ गते जिल्ला स्तरीय बृहत जन सभामा उपस्थित भएर जन सभालाई उल्लास मय तरिकाले भब्य सफल बनाउन सबै नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन ।
सेनले लोकतन्त्रको महत्त्वमा आफ्नो धारणा प्रस्तुत गर्दै भने, केही व्यक्तिहरू राजा फर्काउनुपर्छ भन्ने कुरा र मिडिया बाजी गर्नु बेकार हो । जनताले चाहेर ल्याएको लोकतान्त्रिक शक्तिमा यस्तो सोच राख्नु कल्पना भन्दा बाहिरको कुरा हो ।
उहाँले थपे, “लोकतन्त्र भनेको जनताको अधिकार र स्वतन्त्रता हो, र यसलाई चुनौती दिने कुनै विचार स्वीकार्य छैन । लोकतन्त्रको रक्षा गर्नु हाम्रो दायित्व हो । प्रमुख अतिथिको यो स्पष्ट र दृढ धारणा कार्यक्रमको मुख्य आकर्षण बन्यो, जसले उपस्थित जनसमूहमा लोकतन्त्रको महत्त्वको सशक्त सन्देश पुर्यायो ।
साथै, उनले पार्टी प्रवेशलाई योग्यता र क्षमताका आधारमा व्यवस्थित गरिने बताए । “एमालेमा प्रवेश गर्ने हरेक कार्यकर्ताको सम्मानपूर्वक व्यवस्थापन गरिन्छ । संगठन बलियो बनाउन इच्छाशक्ति, इमानदारी र मेहनतको खाँचो रहेको सेनले बताए ।
नेकपा (एमाले) कर्णाली प्रदेश सदस्य घनश्याम शर्माले नेकपा (एमाले) दलित, महिला, श्रमिक वर्गको हितका लागि अग्रसर पार्टी भएको बताए । उनले भने, एमालेले दलित अधिकार, महिला सशक्तीकरण, युवा नेतृत्व विकास जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । अरू कुनै पार्टीले यो स्तरको काम गरेको छैन ।
उनले थपे, गाउँ समाजमा पार्टीका कुराहरू निर्धक्क राख्नुपर्छ। अरू दलका मान्छेहरूलाई एमालेले गरेका लोकप्रिय कामहरूको उदाहरण दिँदै पार्टीमा समाहित गराउने अभियान चलाउनुपर्छ शर्माले भने ।
नेकपा (एमाले) जिल्ला कमिटी सचिव तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पुष्पा बोहराले पार्टी भित्र महिलाको भूमिकालाई अझ व्यापक बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन्, “महिलाहरू घरको चुलोचौकोमा मात्र सीमित हुनु हुँदैन । उनीहरूका आवाज राजनीतिक रूपमा सशक्त रूपमा प्रस्तुत हुनुपर्छ ।
उनले थप भनिन्, “महिला संगठन भनेको पार्टीको मेरुदण्ड हो । जबसम्म महिला संघ सशक्त हुँदैन, तबसम्म पार्टीको जरा बलियो हुँदैन ।
सचिव पुष्पा बोहराले महिला सशक्तीकरणको सन्दर्भमा विशेष जोड दिँदै भने, “महिलाहरूको ३३% को हिस्सा मात्र होइन, हामी ५०% को भाग्यशाली हिस्सा बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्छ । महिलाले प्रत्येक क्षेत्रमा समान अवसर पाउनुपर्ने छ र यसका लागि हामी सबैलाई अझ सशक्त भएर लाग्नुपर्छ ।
नेकपा (एमाले) जिल्ला उपसचिव तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सहनसिलता वली (डिसी) ले महिलाहरूको अधिकार स्थापित गर्न नेकपा (एमाले) निरन्तर अगाडि बढिरहेको बताइन् । “महिलाको आवाज पार्टीसम्म पुर्याउने संगठन अखिल नेपाल महिला संघ हो । यो संगठनको बलियो उपस्थिति समाजमा समानता ल्याउने बलियो आधार हो ।
उनले थप भनिन्, समाज परिवर्तन गर्न महिला स्वयं अगाडि आउनुपर्छ। लाज, डर, संकोच त्यागेर नेतृत्व लिनुपर्छ ।
नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज मित्रलाल कठायतले युवा संगठन पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै भने, युवाहरूले आफ्नो क्षमताअनुसार जिम्मेवारी उठाउने समय आएको छ । पार्टीको संगठन बलियो बनाउन युवा संघको भूमिका महत्वपूर्ण छ ।
उनले पार्टीलाई सशक्त बनाउन संगठनका हरेक कार्यकर्ताले जरा केन्द्रित अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । पार्टीलाई अझ सशक्त बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्छ कठायतले भने ।
कार्यक्रमकै क्रममा नेपाली कांग्रेस परित्याग गर्दै यज्ञ बहादुर पुन, लालसिङ पुन, खिम बहादुर पुन र भिमा पुन नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरूलाई नेकपा (एमाले) का नेताहरूले टीका, खादा तथा अबिर लगाएर भव्य स्वागत गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल, कपुरकोट-४ मा नयाँ नेतृत्व चयन भएको छ जस अन्तर्गत
अध्यक्ष: मनोज नेपाली
उपाध्यक्ष: खिमराज थापा
सचिव: हुमसिङ घर्ती
उपसचिव: भुपेन्द्र बिक, टिकाराम बिक
सदस्यहरू: युवक चन्द, दिपक बिक, देबेन्द्र बोहरा, गोबिन्द बुढा, देबेन्द्र पुन, लक्षमण पुन

त्यसैगरी अखिल नेपाल महिला संघ, कपुरकोट-४ मा नयाँ नेतृत्व चयन भएको छ जस अन्तर्गत
अध्यक्ष: कृष्णा पुन
उपाध्यक्ष: हिरा राना
सचिव: बिरमा थापा
कोषाध्यक्ष: कमला घर्ती
सदस्यहरू: सपना थापा, पवित्रा चन्द, यसोदा पुन, भिम कुमारी पुन, सिर्जना एरि, सीता एरि, सुशीला नेपाली, कलसी बुढा, गिता भण्डारी, कल्पना बिक, रितु बुढा

Oplus_0
अधिवेशनको मुख्य उपलब्धिहरू
> युवा तथा महिला संगठनको सशक्त नेतृत्व चयन
>संगठन विस्तार तथा पार्टी सुदृढीकरणको प्रतिबद्धता
> नेपाली कांग्रेस परित्याग गर्दै चार जना कार्यकर्ताको नेकपा (एमाले) प्रवेश
> महिला सशक्तीकरण र युवाको भूमिकालाई प्रवर्द्धन गर्ने योजनाहरू अघि सारिएको
यो अधिवेशनले नेकपा (एमाले) कपुरकोट-४ लाई झनै संगठित, गतिशील, जनमुखी र सशक्त बनाउने आधारशिला निर्माण गरेको छ । अब, नव-निर्वाचित नेतृत्वले संगठनलाई अझ सक्रिय बनाउँदै जनताको सेवामा समर्पित रहने बिश्वास लिइएको छ ।
कार्यक्रमको सभाध्यक्ष नेकपा (एमाले) कपुरकोट-४ वडा कमिटी अध्यक्ष चित्र बहादुर थापा रहेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात नेकपा (एमाले) कपुरकोट गाउँपालिका-४ का उपसचिव बेलमती बुढा द्वारा गरिएको स्वागत मन्तव्यबाट भयो । उनले उपस्थित सम्पूर्ण नेताहरू, कार्यकर्ताहरू र स्थानिय जनसमुदायलाई धन्यवाद दिँदै संगठन सशक्तीकरणका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताइन् ।
कार्यक्रमको सञ्चालन नेकपा (एमाले) कपुरकोट-४ का सचिव दिपक पुन ले गरेका थिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण वक्ताहरूलाई आफ्नो धारणा राख्न सहज वातावरण तयार पार्दै, अनुशासित र प्रभावकारी ढंगले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।
