सल्यान २०८१ चैत्र ७ ।

सुचनाकाे हक कार्यान्वयन सम्बन्धमा सल्यानमा अन्तरक्रिया गरिएकाे छ । जिल्ला हुलाक कार्यालयकाे आयाेजनामा जिल्ला प्रशासन कार्यालयमा भएकाे अन्तरक्रियामा बाेल्ने वक्ताहरुले सार्वजनिक निकाय वा कार्यालयले नागरिकले मागेकाे सुचना जसरी पनि उपलब्ध गराउनुपर्नेमा जाेड दिएका छन् । कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सार्वजनिक निकासले सुचनालाइ बाहिर दिँदा आत्तिनुपर्ने विषय नभएकाे बताइन् । सुचनाकाे हक सबै नागरिकका लागि हाे । प्रत्येक कार्यालयहरुमा सुचना अधिकारी हुनुहुन्छ तर कसैले सुचना माग्दा उहाँहरु आत्तालिनुहुन्छ, उनले भनिन्, ‘सुचना दिँदा त्यसरी आत्तिने वा लुकाउने काम गर्न भएन । जसरी भएपनि दिन मिल्ने सुचना दिनुपर्छ । केहि स्थानीय तहहरुमा सुचना अधिकारी ताेकिएपनि माग भएका सुचना जनप्रतिनिधिले नदिने मनसायले सुचना अधिकारीहरुलाइ भुमिका बिहिन बनाउन खाेज्ने कार्यकाे गुनासाे सुनिएकाे उनले बताइन् । त्यस्तै जिल्ला हुलाक कार्यालयका प्रमुख चिन्तामणी रेग्मीले सल्यानमा सुचनाकाे माग उल्लेखनीय रुपमा खासै माग नभएकाे बताए । ‘अहिले पत्रकारहरुबाट थाेरै मात्रामा सुचनाकाे माग हुने गरेकाे देखिदाेरहेछ ।

नागरिक स्तरबाट खासै माग भएकाे देखिएन् उनले भनने । माग गरिएका सुचनाहरु दिनलाइ सुचना अधिकारीहरु डराउने प्रवृती देखिएकाेले डराउनुपर्ने विषय नभएकाे उनले बताए । गलत काम नगरिएकाे अवस्था भए सुचना दिनलाइ नडराउन उनले आग्रह गरेका छन् । सार्वजनिक निकायले गर्नुपर्ने स्वः प्रकाशन, नागरिक वडापत्र, सुचनापाटी राख्नुका साथै आफ्ना वेबसाइटहरु पनि सक्रिय बनाउनुपर्ने उनले बताए । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले नागरिकले माग गरेका दिन मिल्ने सुचनाहरु कुनैपनि सार्वजनिक कार्यालयहरुले लुकाउन नहुने बताए । कार्यालयहरुले डिजिटल प्लेटफर्म प्रयाेग गरेर पनि आम नागरिकलाइ सुसुचित पार्नुपर्ने उनकाे भनाइ थियाे । कार्यक्रममा सहभागी विभिन्न कार्यालयका सुचना अधिकारीहरुले सुचना माग्नेहरुले वर्षाै पुराना सुचना माग्ने गरेकाे र आफुहरुसँग अभिलेख कम हुने भएकाेले दिन झनझट हुने गरेकाे बताएका छन् । कसैले पुर्वाग्रही ढंगल गलत नियत राखेर पनि सुचना माग्ने गरेकाे उनिहरुकाे भनाइ थियाे ।