२९ फागुन २०८१
नेपाली लोकदोहोरी सङ्गीतमा आफ्नो पृथक पहिचान बनाउँदै आएकी लोकप्रिय गायिका रितु बोहराको सुमधुर आवाजमा नयाँ गीत ‘कत्ती राम्रो तिम्रो जिउ’ सार्वजनिक भएको छ । गायक खेम सेन्चुरी सँगको युगल गायनमा आएको यो गीत गायिका रितु बोहराको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा रमेश परियारको उत्कृष्ट शब्द र विश्वास नेपालको मन छुने लय समावेश गरिएको छ । परम्परागत लोक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको यस गीतले दर्सक श्रोताहरूको मन जित्दै आएको छ ।
गीतको म्युजिक भिडियोमा पुष्प खड्का, जुना बिस्वकर्मा र तुल्सी गुरुङको दमदार अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोमा उत्कृष्ट अभिनय, आकर्षक दृश्य संयोजन र लोभलाग्दो नृत्य देख्न सकिन्छ ।
बाग्लुङ जिल्लामा जन्मिएकी रितु बोहरा हाल संघीय राजधानी काठमाडौँलाई कर्म थलो बनाएर नेपाली लोकदोहोरी सङ्गीतमा निरन्तर सक्रिय छिन् ।
रितु बोहरा रेकर्डिङ गीत मात्र नभई लाइभ दोहोरी गाउन पनि उत्तिकै माहिर छिन् । स्टेज कार्यक्रममा उनको दमदार प्रस्तुति, सशक्त स्वर र लोभलाग्दो गायकीका कारण दर्शक-श्रोताले उनलाई निकै मन पराउने गरेका छन् ।
गायिका बोहराले यो गीतलाई मन पराई माया गर्ने सबैलाई धन्यवाद दिँदै श्रोता दर्शकलाई सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् । “हामी कलाकारहरूका लागि दर्शक-श्रोताको माया नै सबैभन्दा ठूलो ऊर्जा हो । तपाईंहरूको प्रतिक्रिया नै मेरो प्रेरणा हो ।”
गीत युट्युबमा सार्वजनिक भइसकेको छ। यदि तपाईंले अझै सुन्नु भएको छैन भने, रितु बोहराको अफिसियल युट्युब च्यानलमा गएर अवश्य हेर्नुहोस् र आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोस् ।
गित हेर्न र सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला
