३ फागुन २०८१, कपुरकोट, सल्यान
नेकपा (एमाले) ले ‘जरा केन्द्रित अभियान’लाई तीव्रता दिँदै संगठन सुदृढीकरणका कार्यहरूलाई निरन्तरता दिएको छ । यही अभियान अन्तर्गत कपुरकोट गाउँपालिका–४, साबिक वडा नं. १ मा बाल कृष्ण सेर्पाइलीको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
गठित टोल कमिटीमा बाल कृष्ण सेर्पाइली अध्यक्ष, लिलाधर एरी उपाध्यक्ष, कृष्णा पुन घर्ती सचिव, रामकला पुन र लोकमाया बिष्ट थापा उपसचिव चयन भएका छन् । सदस्यहरूमा धन बहादुर पुन, राम कुमारी थापा, पवित्रा चन्द, खड्ग बहादुर बुढा, जित बहादुर घर्ती, इन्द्रबिर घर्ती, लालसिङ पुन, सुमित्रा बुढा, खुम कुमारी बुढा र लक्ष्मण पुन चयन भएका छन् ।
कार्यक्रममा नेकपा (एमाले) ४ नम्बर वडाका कमिटी अध्यक्ष चित्र बहादुर थापाको सभाध्यक्षता रहेको थियो । प्रमुख अतिथिको रूपमा एमाले सल्यान जिल्ला कमिटी सदस्य तथा ४ नम्बर वडा इन्चार्ज मित्रलाल कठायतले कार्यक्रमको महत्त्वबारे प्रकाश पारे ।
विशिष्ट अतिथिहरूमा नेकपा (एमाले) कपुरकोट गाउँ कमिटी अध्यक्ष मधुसूदन गिरि, अतिथिमा सचिव रुपक बुढा, सदस्य तिलक पुन, सदस्य रेशम चन्द, प्रेस चौतारी सल्यान सचिब चुडामणि पुन, नेकपा (एमाले) कपुरकोट वडा नम्बर ४ का उपाध्यक्ष सुरेन्द्र वली लगाएत रहेका थिए ।
कार्यक्रमका दौरान नेताहरूले स्थानीय जनताका गुनासा र सुझावहरूलाई प्राथमिकताका साथ सुनेका थिए । जनताले राखेका मुद्दाहरूमा विशेष ध्यान दिँदै नेताहरूले तिनलाई पार्टीका आगामी कार्य योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँमा रहेको खानेपानी, सडक, स्वास्थ्य, र शिक्षा क्षेत्रका समस्या समाधानमा पार्टीले सक्रिय भूमिका खेल्ने जनाउँदै नेताहरूले स्थानीय बासिन्दाहरूलाई विश्वास दिलाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मित्रलाल कठायतले जरा केन्द्रित अभियानको महत्त्व बारे बोल्दै, यसले पार्टीको संगठनलाई अझ मजबुत बनाउन सहयोग गर्ने बताएका छन् ।
नेकपा (एमाले) कपुरकोट गाउँ कमिटी अध्यक्ष मधुसूदन गिरिले स्थानीय तहमा पार्टीको सक्रियता बढाउने र जनताको समस्यामा पार्टीको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्दै विशेष गरी, नेकपा (एमाले) सरकारका दौरान वृद्ध भत्ता कार्यक्रमको कार्यान्वयनलाई उल्लेख गर्दै, यसले वृद्धजनहरूको जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए
।
नेकपा (एमाले) कपुरकोट गाउँ कमिटी सचिव रुपक बुढाले स्थानीय जनताको समस्यामा पार्टीको सक्रियता र संगठन विस्तारको महत्त्व बारे उल्लेख गर्दै, यस अभियानलाई थप प्रभावकारी बनाउन सबै कार्यकर्ताहरूलाई आह्वान गरे ।
कार्यक्रमको समापनमा नेताहरूले नवगठित १५ सदस्यीय टोल कमिटीलाई टीका लगाएर शुभकामना दिएका थिए उनीहरूले कमिटीलाई अझ सशक्त भएर अगाडि बढ्ने र पार्टीको संगठनलाई मजबुत बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेताहरूले कपुरकोट गाउँपालिकाका अन्य वडाहरूमा जरा केन्द्रित अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन् । अभियानको अन्तिम चरण अन्तर्गत साबिक वडा नं. १ मा आज कार्यक्रम सम्पन्न भएको हो । स्थानीय तहमा पार्टीको संगठन विस्तार गर्दै जनताको विश्वास जित्न अभियानले महत्त्वपूर्ण भूमिका खेलेको नेताहरूले बताएका छन् ।
पार्टीका नेताहरूले ‘जरा बलियो भए मात्र रुख मजबुत रहन्छ’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै स्थानीयस्तरमा संगठन विस्तार र सुदृढीकरणको महत्त्वबारे प्रकाश पारे । ‘जति आँधीबेहरी आए पनि जरा गहिरो भयो भने रुख ढल्दैन,’ भन्दै स्थानीय कार्यकर्ताहरूलाई संगठनको जरा मजबुत बनाउन सक्रिय हुन आग्रह गरिएको थियो ।
टोल कमिटी गठन सँगै स्थानीय तहमा नेकपा (एमाले) को सक्रियता बढेको देखिन्छ । नेताहरूका अनुसार, गाउँ-गाउँमा संगठन विस्तार गर्दै आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने रणनीति तयार गरिएको छ ।
कार्यक्रमको सञ्चालन नेकपा (एमाले) वडा कमिटी सचिव दीपक पुनले गरेका थिए ।



