२९ माघ २०८१ कपुरकोट, सल्यान

नेकपा (एमाले) ले ‘जरा केन्द्रिय अभियान’लाई तीव्रता दिँदै संगठन सुदृढीकरणका कार्यहरूलाई निरन्तरता दिएको छ ।

यही अभियान अन्तर्गत कपुरकोट गाउँपालिका–४, साबिक वडा नं. ५ मा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । मङ्गली बिकको अध्यक्षतामा बनेको यस टोल कमिटीले स्थानीय स्तरमा संगठन मजबुत बनाउने लक्ष्य लिएको छ ।

एमालेको मूल नारा ‘जरा बलियो भए मात्र रुख मजबुत रहन्छ’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै स्थानीय तहमा टोल-टोलमा कमिटी विस्तार गरिँदैछ । पार्टीले जरा मजबुत बनाउने अभियान अन्तर्गत गाउँ-गाउँमा संगठनको पहुँच बढाउने रणनीति अख्तियार गरेको छ ।

संगठन सुदृढीकरण सँगै विभिन्न पार्टीहरू परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरूलाई एमाले नेता तथा कपुरकोट ४ नम्बर वडा पार्टी इन्चार्ज मित्रलाल कठायत, दिपक पुन, सुरेन्द्र वली लगाएतले न्यानो स्वागत गरेका छन् । नयाँ सदस्यहरू प्रति पार्टीले हार्दिक बधाई व्यक्त गर्दै उनीहरूलाई संगठनको महत्वपूर्ण हिस्सा बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेकपा (एमाले) का नेताहरूका अनुसार, जरा बलियो भए मात्रै एमाले झन् मजबुत बन्नेछ । ‘जति आँधीबेहरी आए पनि जरा गहिरो भयो भने रुख ढल्दैन,’ भन्दै पार्टी नेताहरूले संगठनलाई मजबुत बनाउन स्थानीय कार्यकर्ताहरूलाई अझ बढी सक्रिय हुन आह्वान गरेका छन् ।

टोल कमिटी गठनसँगै स्थानीय तहमा एमालेको सक्रियता बढेको देखिन्छ । पार्टीका अनुसार, गाउँ-गाउँमा संगठनको मजबुतीकरण गर्दै आगामी निर्वाचनमा पार्टीलाई झन् सशक्त बनाउने रणनीति तयार पारिएको छ ।

यसरी, नेकपा (एमाले) ले ‘जरा केन्द्रिय अभियान’ अन्तर्गत टोलस्तरमा संगठन सुदृढ बनाउने कामलाई प्राथमिकता दिइरहेको छ । स्थानीय नेताहरूको विश्वास छ— एमालेको जरा जति मजबुत भयो, पार्टी त्यति नै स्थायी रूपमा अडिन सक्नेछ ।