१९ माघ २०८१
कपुरकोट गाउँ पालिका ४ किमुचौर डाडा (घंघारिचौर) मा घंघारिचौर पर्यटन प्रवर्द्धनका लागि एक बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ ।
कपुरकोट गाउँपालिका ४ नम्बर वडाको सहजीकरणमा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सुरेश अधिकारीको विशेष उपस्थिति र विभिन्न सरोकारवाला महानुभावहरुको उपस्थितिमा अन्तरक्रिया तथा छलफल भएको थियो ।
उपस्थित स्थानीय सरोकारवालाहरुले यो डाँडाको ऐतिहासिक पक्ष:
कहिलेकाहीं बन्दुकको आवाजले गुञ्जिएको यो ठाउँ, आज शान्तिको सन्देश बोकेको छ । जनयुद्धका कठिन समयहरू देखेको यो भूमि अब पर्यटन, प्रकृति, र समृद्धिको गन्तव्य बन्ने तयारीमा छ रहेको बताएका थिए ।
त्यसैगरी यहाँको अनुपम सौन्दर्य:
जब यहाँबाट तल तराईतिर दृष्टि दौडाउँछौं, रातको अध्यारोमा हजारौं बलेका बत्तीहरू आकाशका ताराहरू जस्तै टल्किएको देखिने र बिहान सूर्योदयको स्वर्णिम किरणले पहाडहरूलाई सुनजस्तै बनाउँछ, अनि बेलुकी सूर्य अस्ताउँदा यो डाँडा स्वर्ग झैँ लाग्ने कुराहरू बताएका थिए ।
अझ भनौ गर्मी सिजनमा दाङ तुलसीपुर आसपास बाट यहाको प्राकृतिक ए सि मा रमाउदै यहाको काफल, एसेलु खादै रमाइलो गरेको स्थानीयहरु बताएका थिए । साथै यहाँ उभिएर शीतल बतास महसुस गर्दा मनभित्रै आनन्दको संगीत गुन्जन्छ भन्ने समेत कुराहरू राखेका थिए ।
पर्यटनको अपार सम्भावना बारे ४ नम्बर वडाले तयार पारेको वडा अध्यक्ष मित्रलाल कठायतले विभिन्न १० वटा पर्यटन बिकास सम्बन्धि योजनाहरु प्रस्तुति गरेका थिए ।
✅ यो डाँडालाई पर्यटकीय गन्तव्य बनाउने ।✅ यहाँ भ्यू पोइन्ट, होमस्टे, पदमार्ग, साहसिक खेलकुद (paragliding, trekking) प्रवर्द्धन गर्ने ।
✅ स्थानिय उत्पादन, संस्कृति, र गाउँकै स्वरोजगारलाई जोड्ने ।
लगाएत……पर्यटन बिकास सम्बन्धी योजनाहरुमा घनिभुत रुपमा छलफल भयको थियो । प्राथमिकताको आधारमा छनौट गरि आउदो आ.व. मा बजेट ब्यबस्था गर्ने माननीय मन्त्री सुरेश अधिकारीले प्रतिबद्धता जनाएका छन ।
हामी यहाँ केवल सपना देखिरहेका छैनौं, यो सपना पूरा गर्न तपाईंको नेतृत्वमा सरकारको साथ खोजिरहेका छौं सरोकारवाला लगाएत स्थानीय सहभागिको जोडदार माग रहेको थियो ।
