पौष ७, सल्यान ।सल्यानी सेवा समाज दाङद्वारा आयोजित बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  हिजो शनिबार दाङ जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र धारापानी स्थित पाण्डेश्वर मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो । बनभोज कार्यक्रममा सल्यानमा  जन्म भई हाल दाङ जिल्लामा बसोबास गर्दै आएका सल्यानीहरुको साझा संस्था सल्यानी सेवा समाज दाङ ले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।सल्यानी सेवा समाज दाङका अध्यक्ष दिपेन्द्र रावतको अध्यक्षतामा भएको  उक्त कार्यक्रममा समाजका सल्लाहकारहरू श्याम रेग्मी, डा. कृष्णराज डिसी, दीपक शर्मा समीर , नारायणप्रसाद श्रेष्ठ, कमलमणी देवकोटा र अतिथिहरूमा निमबहादुर नेपाली, जेष्ठनागरिक हुति डाँगी लगाएतको उपस्थित रहेको थियो  । कार्यक्रमको शुभारम्भमा उपस्थित सबै जनाले सामुहिक राष्ट्रिय गीत प्रस्तुत गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भने एकअर्कामा परिचित हुने अवसरलाई आत्मासाथ गर्दै परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।कार्यक्रममाको औचित्य पुष्टि सहित समाजले गरेका विविध तिविधिहरूको  बारेमा समाजका सल्लाहकार दीपक शर्मा समीरले जानकारी गराएका थिए ।  कार्यक्रममा सल्लाहकारहरू श्याम रेग्मी, डा.  कृष्णराज डिसी, नारायणप्रसाद श्रेष्ठ, कमलमणी देवकोटा र अतिथिहरूमा निमवहादुर नेपाली, जेष्ठनागरिक हुति डाँगीले शुभकामना मन्तव्य राखेका थिए  । कार्यक्रममा करिव ७० जना सल्यानी आमाबुवा, तथा युवायुवतीहरुको उपस्थिति रहेको थियो । वनभोज कार्यक्रममा सल्यानी लोक संस्कृति झल्कने लोकभाका, पैसेरू, सोरठी, बन्गाडी टप्पा लगायतका गीत नाच प्रस्तुत गरिएको थियो ।सल्यानी सेवा समाज दाङका अध्यक्ष दिपेन्द्र रावतले उपस्थित सबैलाइ धन्यवाद सहित समापन गरेका थिए ।  समाजका सदस्य,  तथा विभिन्न मिडियामा आबद्ध  रमन शर्माको स्वागत मन्तव्य बाट सरु भएको  कार्यक्रमको  सहजिकरण समाजका सचिव विपिन आचार्यले गरेका थिए ।