२०८३ मङ्सिर ५ गते शनिवार | 2026 November 21st Saturday
  • हाम्रो बारेमा
  • राजनीति
  • समाज
  • विचार
  • प्रदेश समाचार
    कोशी प्रदेशमधेस प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अपराध
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    सम्पादकीयशिक्षास्वास्थ्यकृषिविज्ञान प्रविधि

पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दै

सप्तरंगी अनलाइन

मंसिर २५, सल्यान ।

सल्यनमा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । सल्यानका १० स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा जिल्लाको कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका र शिद्धकुमाख गाउँपालिकामा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो तर केहि वर्षयता यस ठाउँमा कोदोको खेती तेति हुने गरेको पाइँदैन । दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको स्थानियले जानकारी दिए ।
दैनिक उपभोग्य सामानहरू घरदैलोमा पुग्न थालेपछि यसको खेती गर्नेको सङ्ख्या घटेको पाईन्छ । कोदोबाली अत्यन्त पोषिलो मानिन्छ । विगतमा यसको रोटी खाने गरिन्थ्यो । तेस्तै गाउँघरमा मदिरा बनाउन पनि कोदोको प्रयोग गर्ने गरिन्थ्यो । जिल्लाका स्थानीय तहले खाजा नास्तामा स्थानीय उत्पादन वा रैथाने बालीहरूको प्रयोगमा जोड नदिएका होइनन् तर कोदोको उत्पादन कम हुने भएकाले बजारमा यसको पिठो माग भएपनि उपलब्ध गराउन नसकिएको अवस्था छ । कोदोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी लगायत पोषक तत्वहरू पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन् । जिल्ला कृषि विकास कार्यालय सल्यानको तथ्याङ्कअनुसार हाल जिल्लामा ६ सय ८५ हेक्टर क्षेत्रफलमा कोदोखेती हुने गरेको छ । उत्पादनको हिसावले सल्यानमा १२ सय ७० मेट्रिकटन कोदो उत्पादन हुने गर्दछ ।

 

Post Views: 343
प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
सल्यानमा कार्तिक महिनामा १७ सवारी दुर्घटना, ५ जनाको मृत्यु
सल्यानका ३ पालिसल्यानका ३ पालिकाका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना लागु हुँदैकामा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन हुँदै
सल्यानको दार्मामा हिलेखाली मेला तथा खेलकुद प्रतियोगिता हुँदै
ताजा अपडेट
१
सल्यानमा कार्तिक महिनामा १७ सवारी दुर्घटना, ५ जनाको मृत्यु
२
सल्यानका ३ पालिसल्यानका ३ पालिकाका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना लागु हुँदैकामा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन हुँदै
३
सल्यानको दार्मामा हिलेखाली मेला तथा खेलकुद प्रतियोगिता हुँदै
४
नयाँ र पुरानोको भाष्य खडा गरेर आएका सबै राजनीतिक शक्तिलाई एउटै दृष्टिले हेर्न मिल्दैन
५
सल्यानमा कात्तिक १८ देखि खुला भलिबल प्रतियोगिता हुने
  • सल्यान मिडिया हाउस प्रालि
  • कपुरकोट गाउँपालिका ०३ , सल्यान
  • +९७७-९८६८३१२३८५
  • saptarangionline@gmail.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४५२/०७७-७८

संचालक : चुडामणि पुन

सम्पादक : तारा कुमारी वि.क

सह–सम्पादक : नोखिराम थापा (क्षितिज)

समाचार बिभाग प्रमुख : प्रकाश भण्डारी

समाचार दाता/व्यबस्थापक : जिवन खड्का

समाचार दाता : भावना बि.क

विज्ञापनको लागि: ९८४७८८५९५३

copyright © saptarangionline.com, All Rights Reserved.

Powered By : TopLine Technology