सल्यान २३ मंसिर ।
सल्यानमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट केन्द्र देखि वडा तह सम्मका ४० जना नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित हुनुभएको छ । आज लुहाम बजारमा आयोजित कार्यक्रममा समाजवादीका केन्द्रीय लेखा आयोग सदस्य राज बहादुर बुढाथोकी तथा समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य भीउसेन नेपालीको नेतृत्वमा जिल्ला कमिटी सदस्य डिल्ली बहादुर केसी, जिल्ला कमिटी सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य पवित्रा केसी, जिल्ला कमिटी सदस्य हिमलाल थापा सहित ४० जना नेताकार्यकर्ताहरु आफ्नो पुरानै पार्टी एमालेमै फर्कनुभएको हो ।
पार्टीमा समाहित भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले आफुहरुको अनुभवले एमालेको संरचना र दृष्टिकोणकै आवश्यकता महसुस भएकाले र समाजवादीको कुनै भविष्य नदेखिएकाले कम्युनिष्ट आन्दोलनको मुल धार एमालेमै फर्किएको धारणा राख्नुभयो ।
पार्टी समाहिन हुनुहुने नेता कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्च गोविन्द पुन, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, प्रदेश कमिटी सदस्यहरु बुद्धि खत्री, कुन्ता बस्नेत, एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी लगाएत जिल्ला कमिटीका तथा पालिका कमिटीका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँहरुले यस किसिमको समायोजनाको लहरले एमालेलाई स्थानीयस्तरदेखि प्रदेश र केन्द्रसम्म अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै पार्टीका गतिविधिहरूमा एक मतका साथ सबैको सक्रिय सहभागिताको अपेक्षा राख्नुभयो ।
शनिबारमात्रै श्रीनगरमा आयोजित कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरका ३५ जना नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको थियो ।
आज एमालेमा समाहित हुने त्रिवेणी गाउँपालिकाका अन्य नेता कार्यकर्ताहरुमा पालिका कमिटी उपाध्यक्ष बीर बहादुर महर, ५ नम्बर वडा कसमटी अध्यक्ष रेशम बोहरा, ६ नं वडा कसमटी अध्यक्ष डम्बर वोहरा रहनुभएको छ । यस्तै त्रिवेणीबाटै डोर बहादुर थापा, बलवीर नेपाली, तुल्सी विक, शोभाराम खत्री, भिम कुमारी खत्री, इन्द्रलाल खत्री, चूर्ण बहादुर नेपाली, बालकृष्ण महतारा, पुनाराम विक, झिन बहादुर नेपाली, प्रतिभा नेपाली, राजेन्द्र नेपाली, गिर्दल खड्का, चित्र बहादुर खड्का, धनराज बुढा, वेद बहादुर पुन, गोपिलाल विक, लालवीर खत्री, हरि वोहरा, शेर बहादुर रावत, झुपलाल बुढाथोकी, खुमराज केसी, टोप बहादुर केसी तथा छत्रेश्वरी गाउँपालिकाबाट हरिप्रसाद सुनार, ध्रुवराज बुढाथोकी, कलदेव योगी, रोमहर्ष बुढाथोकी, आनन्द महतारा, पदम पुन, राम बहादुर सुनार लगाएतका नेताकार्यकर्ता एमालेमा समाहित हुनुभएको हो ।
नेकपा एमाले त्रिवेणी गाउँपालिका कमिटी अध्यक्ष डिल्ली राज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सचिव पुस्पा कुमारी वोहरा, उपसचिव गणेशमान सिंह र सनसिल्ता वली डिसी लगाएत जिल्ला कमिटी सदस्यहरु, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, स्थायी कमिटी सदस्य प्रिन्स बस्नेत, लुम्बीनी प्रदेश कमिटी सदस्यहरु दिपक केसी, राकेश बुढाथोकी, कर्णाली प्रदेश कमिटी सदस्य दामोदर खड्का लगाएतको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य शालिकराम थापाले राख्नुभएको थियोे भने कार्यक्रमको संचालन पालिका कमिटी उपाध्यक्ष हस्त रामजाले गर्नुभएको थियो ।

