सल्यान ०७ काक्तिक ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ को दोश्रो वडा अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ । स्थानियहरुको मौलिक कला संस्कृति सेरिंगे नाच सहित उत्साहप्रद उपस्थितिमा आज शुक्रबार दहखोलामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले क. टिकाराम पुन अध्यक्ष रहेको १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा क. बिजय घर्ती, सचिवमा क. जीवन भण्डारी, उपसचिवमा क. टीका केसी र क. जीवन बुढा रहनुभएको छ । यस्तै सदस्यहरुमा क. बिष्णु वली, क. चन्द्रप्रकाश वली, क. मेघा वली, क. दिपक चन्द, क. मिना वली, क. दिलमाया बुढा, क. हरि बहादुर सुनार, क. दिपेन्द्र कुमार वली, क. लोकेन्द्र बहादुर पुन र क. दल बहादुर घर्ती रहनुभएको छ । वडा कमिटी अध्यक्ष क. तेज बहादुर योगीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथी नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष क. ओज बहादुर बुढाथोकी, विशिस्ट अतिथि एमाले जिल्ला कमिटी सचिवालय सदस्य क. फौद बहादुर बस्नेत, जिल्ला कमिटी सदस्य क. खडग शाही, क. बेल बहादुर चन्द, छत्रेश्वरी गाउँपालिका कमिटी अध्यक्ष क.ज्ञान बहादुर खड्का, पुर्व जिल्ला कमिटी सदस्य क. टोप बहादुर चन्द, १ नम्बर वडा कमिटी अध्यक्ष क. काली बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पालिका कमिटी तथा वडा कमिटीका अन्य कमरेडहरुको पनि सहभागिता थियो । कार्यक्रमको संचालन पालिका कमिटी उपसचिव क. बसन्ता जीसीले गर्नुभएको थियो ।