४ मंसिर २०८१ सल्यान ।

सल्यानको कपुरकोट गाउँ पालिका ६ सिनबाङ छायानाथ स्थित भवानी माविको प्राङ्गणमा छायानाथ मेला बिशेष बृहत सांस्कृतिक कार्यक्रम २०८१ को तयारी पुरा भैइ सकेको जानकारी प्राप्त भएको छ ।

परम्परागत देखि लाग्दै आएको पौराणिक छायानाथ मेलाको अवसर पारेर त्रीवेणी स्पोर्ट्स क्लब त्रीवेणी रोल्पाको आयोजनामा मंसिर ५,६,७ र ८ गते बृहत् सांस्कृतिक कार्यक्रम हुन लागेको छ ।

बृहत सांस्कृतिक कार्यक्रम हुने बारे जानकारी दिदै क्लबका अध्यक्ष दुर्योधन रानाले अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गरि संरक्षण गर्नको निमित्त कार्यक्रम संचालन गर्न लागिएको र कार्यक्रम बाट संकलन भएको केही रकम भवानी माविलाई सहयोग गर्ने वचन दिएका छन ।

मेलामा अर्गानिक बदाम, सुन्तला, उखु, मौसम, केरा, जेरि, सेल लगाएत विभिन्न प्रकारका मुखै रसाउने खाने कुरा पाइनुका साथै विभिन्न खेलौनाका सामानहरु पाइने कार्यक्रम ब्यवस्थापक सन्तोष रानाले जानकारी दिएका छन ।
कार्यक्रममा चरचित गायक गायिकाहरु अर्जुन सापकोटा, शक्ति चन्द, टीका सानू, एम टी महर, दिपक वली, शान्तराम सेन्चुरी, सुजन पुन, मन्जु भट्टराई, सलोमी मगर, कलसिङ थापा लगाएत दर्जनौं कलाहरुले आफ्नो प्रस्तुति राख्ने छन । भोलि सुरु दिन ५ गते चरचित गायक अर्जुन सापकोटा लगाएतले आफ्नो प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।

कपुरकोट गाउँ पालिका सल्यान संरक्षक त्यसैगरी भवानी मावि छायानाथ सह-आयोजक रहेको उक्त कार्यक्रममा ७ हजार बढी दर्शक मेलामा सहभागी हुने आकलन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।