२९ भाद्र २०८१ सल्यान

नागरिक सुचना केन्द्र सल्यानको मुख्य आयोजना र मिलन बजार ब्यवस्थापन समिति खालि सल्यानको सह आयोजनामा कपुरकोट ५ खालिमा संचालन भै राखेको कपुरकोट कृषि, ब्यापार, पर्यटन तथा बृहत सांस्कृतिक महोत्सवको नवौं दिन चरचित गायक सुमन बिटिले आफ्नो प्रस्तुति दिदै दर्सक सङ्ग झुम्दै झुमाउदै मेला मनोरञ्जनमय बनाएका छन ।
उसोत सुमन बिटि भन्ने बित्तिकै उनका गितहरु दर्जनौ चलेका मध्य बिशेषत सुमनले नै आवाज भरेको सुपर स्टार नायक पल शाह अभिनित “तिमि र म जाम माया कै टाढा” गित सुन्नको लागि हजारौं दर्शक प्रतीक्षामा भएको र प्रत्येक्ष ओरिजिनल गायकलाई देख्न पाउदा र उहाले नै उत्कृष्ट प्रस्तुति दिदै गित सुन्न पाउदा निकै खुसि भएको व्यक्त गर्दै थुप्रै युवा युवतीले सुमनले गाएका गितहरुमा महोत्सव स्थल भित्र टिकटक समेत बनाएका छन ।

आयोजकका अनुसार कपुरकोट महोत्सव संचालन भए देखि कै सबैभन्दा बढी दर्शक महोत्सवमा आएको र ति हजारौं दर्शकलाई खुसि बनाएर आफ्नो उत्कृष्ट प्रस्तुति देखाएकोमा महोत्सव संयोजक सेर बहादुर पुन लगाएत आयोजक टिमले धन्यवाद समेत दिएका थिए ।