तुलसीपुर, १९ भदौ । पश्चिम दाङमा बदेलको आक्रमणबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–७ मलईका ३८ बर्षीय रेशम बाँठा रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख ९इन्स्पेक्टर० अजयजंग थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ८ बजेको समयमा मकै बारीमा आएको बदेल धपाउने क्रममा सोही बदेलले बाँठालाई आक्रमण गरेको हो । घाइते बाठाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभएको छ ।।