सल्यान, ७ भदौ ।
नेकपा एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) सल्यानको नयाँ कमिटी निर्माण भएको छ । श्रीनगरमा शुक्रबार सम्पन्न जिल्ला समन्वय भेलाले ९ सदस्यीय कमिटी गठन गरेको हो । जसको अध्यक्षमा मोहन केसी, उपाध्यक्षमा डिल्ली राना, सचिवमा प्रकाश चन्द र सदस्यहरुमा शेर बहादुर खड्का, खिम बहादुर चलाउने, टेक बहादुर बुढा, खडानन्द खड्गी, लोकेन्द्र केसी रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले श्रमजीवी र मजदुरहरुको स्थायी व्यवस्थापन र समस्या समाधान गर्नसक्ने पार्टी एमाले भएको बताउँदै सबै क्षेत्रमा क्रियाशील मजदुरहरु एमालेको जनवर्गीय संगठन जिफन्टमा आबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा जिफन्ट कर्णाली प्रदेश कमिटीका सचिव श्रीपाल सारु मगर, एमाले सल्यानका सचिव पुष्पा वोहरा, जिल्ला कमिटी सचिवालय सदस्य फौद बहादुर बस्नेत, जिफन्टका सल्यान इन्चार्ज तोमानन्द खत्री लगाएतले बोल्दै श्रमजीवी मजदुरहरुको परिश्रम र मेहनतविना विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले मजदुरको हक, हित र सुरक्षाका लागि विशेष योजना ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
जिल्ला समन्वय सम्मेलनमा एमालेका जिल्लास्तरिय नेताहरु ज्ञान बहादुर खड्का, टिकाराम बुढा, धर्म बहादुर विक लगाएतको सहभागिता रहेको थियो ।


