भाद्र ४, काठमाडौं । सरकारले चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथि लगाइएको प्रतिबन्ध खोल्ने तयारी थालेको छ । टिकटकले नेपालको नीतिनियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले प्रतिबन्ध फुकुवा गर्ने तयारी थालेको हो ।
पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो ।
लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
