रोल्पा २०८१ साउन ३१ गते शुक्रवार ।

रोल्पामा खोलाले बगाउदा एक महिला बेपत्ता भएकि छन । गंगादेव गाउँपालिका वडा नं.२ सुखाओडार बजारबाट घर फर्कन लागेकि हेलुङ खोला बस्ने ६५ वर्षिय तुलसी कामीलाई सुखाओडार खोलाले बगाउदा बेपत्ता भएकि हुन ।

उनी बिहीबार बेलुका करिब पौने ७ बजेतिर सुखाओडार बजारबाट घर तर्फ जाने क्रममा गोरेटो बाटोबाट लडेर सुख्खाओडार खोलमा खस्दा उनलाई खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले बताए ।

बेपत्ता भएको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी सहायक निरीक्षक अमलेश कुमार लोधको कमाण्डमा ९ जना प्रहरी र स्थानीय गरी रातीसम्म खोजतलास गर्दा समेत फेला नपरेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट समेत थप प्रहरी परिचालन गरि खोजी कार्य जारी राखिएको छ । नेपाल फ्युजन बाट