नोखिराम थापा,
सल्यान ३१ साउन ।
सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ६ गोठिवन निवास रुमे चन्द क्यान्सरका कारणले गर्दा उपचारत छन् । केहि समय पहिला देखि उनलाई खुट्टामा क्यान्सर पुष्टि भएको थियो । उनको हाल शिक्षण अस्पताल काठमान्डौंमा उपचार भईरहेको छ । अस्पतालले उनको उपचारका लागि लाखौं पैसा लाग्ने जानकारी गराएको छ ।
उनको घरको आर्थिक अवस्था भने कम्जोर छ । केही भएको पैसा अहिले सम्म खर्च भईसकेको र घरको आर्थिक अवस्था कम्जोर भएका कारणले गर्दा उनको उपचारको लागि आर्थिक सहयोग गरिदिन पारिवारले सबैमा हार्दिक अनुरोध गरेको छ ।
सहयोगका लागि उनका छोरा सुरेश चन्द को नाममा नबिल बैकमा रहेको खाता नम्वर ०३७१००१७५२२४९७ मा आफुले सके जतिको आर्थिक सहयोग गरिदिन परिवारीक श्र्रोतले हार्दिक अपिल गरेको छ ।

