दाङ, १३ श्रावन । दाङको लमहीमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्दा जलेर नष्ट भएको छ । सडकमा गुडरहेको सु.प.प्र. ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आँफै आगो लागेको चालकले बताएको प्रहरीले जनाएको छ ।
बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका– ९ चाउखोला नजिकको जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
