सल्यान ०८ साउन ।
सल्यानको शारदा नगरपालिका ११ हिवल्चामा रहेको श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रअ जेबि बुढाथोकीले कक्षा १० अध्यानरत बिद्यार्थिहरुलाई कुखुराका चल्ला बितरण गर्नुभएको छ । उहाँले आफुले प्रअ भत्ता बाफतको रकमबाट ८० वटा गिरिराज कुखुराका चल्ला वितरण गरेको बताउनु भयो । प्रअ बुढाथोकीले आफ्नो बिद्यालयमा अध्यायनरत आर्थिक अवस्था कम्जोर भएका जेहेनदार विद्यार्थिलाई आफ्नो प्रअ भत्ता बाफतको रकमबाट चल्ला बितरण गरेको जानकारी गराउनु भयो । विद्यार्थिलाई प्रेरणा तथा आर्थिक टेवा स्वरुप वितरण गरिएका कुखुराका चल्ला तथा अण्डा बिक्रीबाट कापि कलम किन्ने खर्च जुठाउना सजिलो होस भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेको उहाँले जानकारी गराउनु भएको छ । प्रअ बुढाथोकीले आफ्नो विद्यालयमा सरकारको पढ्दै कमाउदै भन्ने कार्यक्रम संचालन नभएकोले उक्त कार्यक्रमलाई चनौति समेत दिनु भयो ।

