२२ असार २०८१

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ तल्लो किमुचौर स्थित अरिङ्गगाले सामुदायिक बनको भवनमा नमुना टोल विकास संस्थाको दोश्रो साधारणसभा तथा जेष्ठ नागरिक र महिला स्वास्थ स्वयंम सेवीका संमान कार्यक्रम सम्पन्न भएको छ ।
साधारणसभाको अवसर पारेर अग्रजलाई संमान तथा अनुजलाई प्रोत्साहन गर्न र छरछिमेकमा रहेका आफन्तजन इष्टमित्रको मित्रता कायम र छलफल गर्न यो कार्यक्रम गरिएको नमुना टोल बिकास संस्थाका अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष समेत रहेका प्रेम बहादुर बुढाले जानकारी दिनु भएको छ ।

सोही कार्यक्रमको प्रमुख अतिथिमा ४ नम्बर वडा सदस्य रेशम चन्द, बिशिष्ठ अतिथिमा अरिङ्गगाले सामुदायिक बनका अध्यक्ष युवराज सेर्पाइलि, अतिथिहरुमा महिला स्वास्थ स्वयम् सेविका टेक कुमारी (माया) पुन, घुम्ति कोष संयोजक टेकेन्द्र पुन, समाजसेवीहरु हेमन्त रोका, डण्डिराम पुन, लालसिङ पुन, हुमसिङ घर्ती, टिकाराम घर्ति लगाएत विभिन्न तह र तप्काका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

अतिथिहरुले क्रमश कार्यक्रमको सफलताको शुभकामना दिदै आउदा दिनहुरुमा अझ मिलेर जानुपर्ने र अझ रचनात्मक कामहरु गर्न एक अर्कामा समन्वय गरेर अगाडि बढ्ने सल्लाह सुझाव दिदै अन्य टोल भन्दा नमुना टोल बिकास संस्था ठूलो संख्या भएको संस्था भएकाले पनि यो टोल बाट केहि बढि योजनाहरु सिफारिस हुने र सिफारिस योजनाहरुमा बजेट विनियोजन गर्न वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि रेशम चन्दलाई आग्रह गरेका थिए ।

प्रमुख अतिथि रेशम चन्दले आफुलाई कार्यक्रममा प्रमुख अतिथिमा निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै जेष्ठ नागरिक संमान कार्यक्रम आवस्यक रहेको र कार्यक्रम सफलताको शुभकामना दिदै उठेका प्रश्नहरुको क्रमश जवाफ दिनु भएको छ । आफू आस्था बिचारले एउटा पार्टीको भएनि अहिले सम्पुर्ण जनताहरुको समान काम गर्ने पदमा रहेकाले वडा बाट कुनै पनि बिभेद नहुने प्रष्ट पार्नु भएको छ ।

सम्मानित हुनुहुने जेष्ठ नागरिकहरु मंगल सिङ पुन, रिख बहादुर बुढा, भिम बहादुर बुढा, हरिकला पुन, कवरि पुन, पिमा सुनार, रिमि पुन, खगि बुढा, तुलसिङ रोका, खलि रोका, राम कुमारी पुन, गौरी पुन, धन कुमारी घर्ति र स्वास्थ स्वयंम सेविका टेक कुमारी (माया) पुन गरेर चौध जनालाई प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अन्य अतिथि र आयोजकले टिका लगाई दोसल्ला ओढाएर फलफूल दिएर संमान गरिएको हो । भने कार्यक्रमको सहजीकरण नमुना टोल विकास संस्थाका सचिब रामकला पुनले गर्नु भएको थियो ।