२८ जेठ २०८१ सल्यान
कपुरकोट गाउँ पालिका वडा नम्बर ३ कालिका माविको खेल मैदानमा आज २८ गते देखि देखि गाउ पालिका स्तरीय तेश्रो अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।
कपुरकोट गाउ पालिका सल्यानको आयोजना र खेलकुद विकास समिति कपुरकोट गाउ पालिका सल्यानको सहजीकरणमा तेश्रो अध्यक्ष कप कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिता र ब्याटमिन्टन प्रतियोगिताको गाउ पालिका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर पुन ज्यू बाट उद्घाटन गरिएको हो ।
प्रमुख अतिथि समेत रहेका पुनले बोल्दै पालिकाको प्रतिष्ठा बढाउने गरि अनुशासित र मर्यादित भै खेल क्षेत्रमा निरन्तर अघि बढ्न प्रतियोगिहरुलाइ आग्रह गर्नु भएको छ ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिका रुपमा कपुरकोट गाउ पालिका उपाध्यक्ष प्रकाश भण्डारीले बोल्दै खेल निष्पक्ष तरिकाले खेलाउन र अनुशासित र लगनशील भै खेल खेल्न रेफ्री र खेलाडीलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा अतिथिका रुपमा मोहन खड्का निमित्त प्रमुख प्रशासकिय अधिकृत, १ नम्बर वडा अध्यक्ष बालाराम खड्का, २ नम्बर वडा अध्यक्ष ईश्वर बुढा, ३ नम्बर वडा अध्यक्ष प्रदीप खड्का, ४ वडा अध्यक्ष मित्रलाल कठायत, ५ नम्बर वडा अध्यक्ष होम बहादुर खड्का, ६ नम्बर वडा अध्यक्ष श्याम कृष्ण बोहरा, नेपालि काङ्ग्रेस प्रतिनिधि दुर्गा गिरि, एमाले प्रतिनिधि रुपक बुढा, माओवादी प्रतिनिधि रणसिङ घर्ती, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसूदन गिरि, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष बामदेब अधिकारी लगाएत विभिन्न तह र तप्काका प्रमुख वा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि र विशिष्ठ अतिथिले भलिबल कोर्डको दाया कोर्ड र बायाँ कोर्ड बाट सर्भिस गरेर भलिबल प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
भलिबल प्रतियोगितामा ६ वटै वडाको एकएक टिम गरि ६ वटा टिम र ब्याडमिन्टन प्रतियोगितामा सबै वडाका गरि १० वटा टिमले सहभागी जनाएका छन ।
भलिबल प्रतियोगिता अन्तर्गत
प्रथम पुरस्कार:- ३०,०००
दोश्रो पुरस्कार:- २०,०००
र तेश्रो पुरस्कार:- १०,०००
ब्याटमिन्टन प्रतियोगिता अन्तर्गत
प्रथम पुरस्कार:- १०,०००
दोश्रो पुरस्कार:- ७०००
तेश्रो पुरस्कार:- ५०००
नगदसहित प्रमाणपत्र, मेडल, ट्रफी ब्यवस्था रहेको छ ।
कार्यक्रमका सभा-ध्यक्ष खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर पुनले दुइ वटै प्रतियोगितालाई सफलता पुर्वक सफल बनाउन सबैलाई सल्लाह सुझाव र सहयोग गर्न आग्रह गर्दै खेल खेल्दा फिल्डमा आउने हरेक किसिमका समस्याहरुमा सहजता ल्याउन गाउपालिका परिवार, खेलकुद विकास समिति परिवार रेफ्रीहरु, खेल संयोजक लगाएतलाई आग्रह गर्नु भएको छ ।
भलिबल खेललाई सफलता पुर्वक सप्पन्न गराउन रेफ्रीको रुपमा नबिन पुन र किरण बस्नेत रहनु भएको छ । भने दुबै
प्रतियोगिता भोलि सप्पन्न हुने छन ।
३ नम्बर वडा अध्यक्ष प्रदीप खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको योजना तथा सुपरिवेक्षण इकाई प्रमुख जीवराज खत्रीले गर्नु भएको थियो ।
