२५ कपुरकोट २०८१

कपुरकोट गाउँ पालिका केन्द्र कपुरकोट बजार स्थित कृषि उपज बजारमा आज देखि हाट बजारको सुरु भएको छ ।
सल्यान जिल्लाको कपुरकोट गाउँ पालिका ताजा तरकारी र फलफुल खेतीबाट पनि परिचित हुँदै आएको छ । यसर्थ
गत कार्तिक महिना देखि बन्द रहेको कपुरकोट कृषि हाट बजार आज बाट पुनः सुचारु भएको छ । हाट बजार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार लाग्ने गर्दछ ।

गाउँ बाट नै किसानहरुले तरकारी बिक्रि गरेको कारण र पहिलो हाट भएकाले किसानहरूको तरकारी हाट बजारमा कम आएकोले तरकारीको मूल्य दर न तोकेको र आउदो हाट बजार मङ्गलबार बाट मुल्य निर्धारण गरिने कृषि उपज बजार कपुरकोट गाउँ पालिका संचालक समिति अध्यक्ष तिलक शर्माले जानकारी दिनु भएको छ ।

कपुरकोट गाउँ पालिका भित्रका किसान सङ्गै छिमेकि पालिका त्रीवेणी गाउँ पालिका सल्यान, छिमेकि जिल्ला रोल्पाको त्रीवेणी गाउँ पालिका र छिमेकि जिल्ला दाङको तुलसीपुर उपमहानगरपालिकाका किसानहरुले उत्पादन गरेको विशेष गरी गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौसमी ताजा तरकारी उत्पादन गरेर हाट बजारमा ल्याएर बिक्रि गर्ने गर्दछन् ।