सल्यान, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) छत्रेश्वरी गाउँपालिका सल्यानको दोश्रो पालिका अधिवेशन यहि जेठ १८ गते हुने भएको छ । मंगलबार सम्पन्न एमाले छत्रेश्वरी गाउँपालिका कमिटीको पुर्ण बैठकले यहि जेठ १८ गते शुक्रबार पालिका अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनमा करिव १५४ जना प्रतिनिधि सहभागी हुने एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । अधिवेशनबाट नया कमिटी गठन गर्ने तयारी रहेको छ ।
भोटेचौरमा तय गरिएको अधिवेशनमा एमालेका पोलिटब्युरो सदस्य तथा सल्यान इन्चार्ज भैरवसुन्दर श्रेष्ठ, प्रदेश अध्यक्ष गुलावजंग शाह, जिल्ला अध्यक्ष भिम बहादुर सेन लगायतका नेताहरु सहभागी हुने खड्काले जानकारी दिए । मंगलबारको पालिका कमिटी बैठकमा बोल्दै प्रमुख अतिथी एमाले कर्णाली प्रदेश कमिटी सदस्य कुन्ती बस्नेत, बिशिस्ट अतिथी प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी इन्चार्ज बुद्धि केसी, एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायतले बोल्दै एकताबद्ध र सुदृढ पार्टी निर्माणमा सबै जिम्मेवारपुर्वक लाग्नुपर्ने बताएका थिए । बैठकमा छत्रेश्वरी गाउँपालिकाबाट जिल्ला कमिटीका सदस्यहरुको पनि सहभागिता रहेको थियो । पालिका कमिटी उपाध्यक्ष डुम बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको संचालन उपसचिव इश्वरी बस्नेतले गरेका थिए ।
