सुर्खेत , जेठ १३ गते । कर्णालीमा नेपाल पत्रकार महासंघलाई सर्वसम्मत बनाउने प्रयास स्वरुप छलफलको सुुभारम्भ भएको छ । आईतबार सुर्खेतमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको आयोजना बिरेन्द्रनगर सुर्खेतमा कर्णालीमा रहेका क्रियाशिल संघ संगठनहरुका प्रदेशमा रहेका नेतृत्वहरु बिच छलफल भएको हो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनका कर्णाली प्रदेशका नेतृत्वहरु बिच नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई सबैको साझा संगठनका रुपमा सर्वसम्मत गर्नुपर्ने विषयमा छलफल भएको प्रेस सेन्टरका कर्णाली प्रदेशका अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिए । शर्माका अनुसार पत्रकार महासंघले श्रमजिवी पत्रकारका मुद्दामा साझा रुपमा लड्नुपर्ने दायीत्व भएकाले महासंघलाई दलिय व्यवस्था जस्तो पक्ष र विपक्ष बनाउन नहुनेमा सहभागी एकमत देख्एिका छन् । सर्वसम्मत पत्रकार महासंघ बनाउनका लागि छलफललाई निरन्तरता दिने सहमति समेत बनेको शर्माले जानकारी दिए ।
छलफलमा पत्रकार तथा सञ्चार क्षेत्रसंग सम्बन्धित काम प्रदेश सरकार मार्फत हुन नसकेको भन्दै कर्णाली प्रदेश सरकारको गम्भिर रुपमा ध्याणाकर्षण गर्ने निर्णय समेत भएको छ । जसका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नेतृत्वमा सबै संघसंगठनहरु प्रदेश सरकारलाई दवाव स्वरुप संयुक्त रुपमा ज्ञापन पत्र बुझाउनका लागि सहमत भएका हुन । “महासंघ कर्णाली प्रदेशको नेतृत्व सर्वसम्मत गर्नका लागि छलफललाई निरन्तरता दिने र प्रदेश सरकारले मिडिया विकास र पत्रकारको वृति विकास लगायतका लागि आम सञ्चार प्रतिष्ठान बनाउनका लािग प्रदेश सरकारको ध्याणाकर्षन गराउने निर्णय भएको छ ।” सेन्टर अध्यक्ष शर्माले भने ।
