सल्यान ०३ जेठ ।

सल्यान कपुरकोट गाउँपालिका वडा न.६ का क्यान्सर पिडित “बेद बहादुर बोहरालाई आर्थिक सहयोग अभियानमा ४ लाख ४५ हजार भन्दा बढी सहयोग रकम जुटेको छ । कपुरकोट गाउँपालिका वडा न. ६ रिमालिजुलाका समाजसेवी बेद बहादुर ओलि (बिकास) को पहलमा गत बैशाख १६ गतेबाट सुरुवात गरेको क्यान्सर पिडित “बेद बहादुर बोहरालाई आर्थिक सहयोग अभियान बाट चार लाख पैतालिस हजार सात सय दश रुपैया आर्थिक सहयोग रकम जुटेको छ । दुई बर्ष अघि पिडित बोहरालाई कुम भित्रको जोर्निमा क्यान्सर पुष्टि भएको थियो । डक्टरको सल्लाह अनुसार क्यान्सर बाट छुटकारा पाउन पिडित बोहराले अप्रेसन गरि सोल्डर नै फेरेका थिए । अप्रेसन गरेको एक बर्ष पछि सोही ठाउमा फेरि क्यान्सर भेटियो । पिडित बोहराको आर्थिक अवस्था निकै कमजोर भएको र उनको उपचार खर्च जुटाउन निकै कठिन भएको हुदा ओलिले यो अभियानको संचालन गरेका थिए । समाजसेवी ओलिले नेतृत्व गरेको यस अभियानमा देश तथा विदेशमा रहनु भएका सहयोगीमनहरु, आफन्त, साथिभाईहरुले आर्थिक सहयोग जम्मा गर्नु भएको छ । उक्त रकम नगत तथा पिडितको बैकमा जम्मा गरि क्यान्सर पिडित बोहराको उपचारमा ठूलो सहयोग प्राप्त भएको छ । कपुरकोट–६ निवासि समाजसेवी बेद बहादुर ओलि (बिकास) विभिन्न समाजिक कार्यमा सक्रिय रहदै आएका छन् । उनि भन्छन “मेरो आमाको पनि क्यान्सर कै कारण ज्यान गएको हुदा यस्तो घातक रोगको उपचारमा कसैलाई पनि आर्थिक को कमि नहोस् भनी मैले यस्तो अभियान चलाउन थालेको हु ।

सहयोगि व्यत्तिहरुले खाईनखाई जम्मा गरेको पैसा बोहराको उपचारको लागि दिनु भयोएमा ओलीले सबैलाई धन्यवाद दिए । अहिले क्यान्सर पिडित बेद बहादुर बोहरा र अर्की क्यान्सर पिडित यामा बोहराको लागि अभियान चलाईहेको छु । यदि कसैले दुबै पिडितहरु लाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ । बोहराको यो अभियानमा अमेरिकामा पहल गरि कपुरकोट–६ का जनक खडकाले आफु सहित ५० हजार २७४ रुपैया र भारतमा पहल गरि कपुरकोट–६ का मेक बहादुर बोहरा, उमेश महताराले आफू सहित रु ३२ हजार ४१४ रुपैया सहयोग रकम जुटाई अभियानमा साथ दिएको यस अभियानलाई सघाईरहेका कपुरकोट वडा ६ का समाजसेवि डम्बर खडका र आशिष् भण्डारी ले जानकारी दिएका छन् ।