सल्यान, १७ बैशाख । सल्यानको कपुरकोट गाउँपालिकामा माओवादी केन्द्र पार्टी परित्याग गरेर १५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार कपुरकोट गाउँपालिका वडा नं २ सिमलकुनामा एमाले कणाली प्रदेश कमिटी सदस्य घनश्याम शर्मा तथा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन लगाएतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । माओवादी त्यागेर एमालेमा प्रवेश गर्नेहरुमा मन बहादुर मतुवाला, सरोज पुन, गमि कुमारी थापा, अनिता शिरीष, निर्मला थापा, बिकास शिरीष रहेका छन् । यस्तै कुल बहादुर शिरीष, धन सिङ शिरीष, सुकमाया थापा, सीता घर्ती, विष्णुमती बुढा, मेघराज थापा, बिनोद थापा र भावना थापा पनि एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ सल्यानका इन्चार्ज रुपक बुढाले जानकारी दिए । सो अवसरमा एमाले सल्यानका उपसचिव गणेशमान सिंह, जिल्ला कमिटी सदस्यहरु ओम बहादुर बुढा, मित्रलाल कठायत लगाएतको पनि सहभागिता रहेको थियो ।

