१५ बैशाख २०८१
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौर घंघारीचौरमा टोल विकास संस्था स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेल क्षेत्रलाई माथि उठाउन र साथीहरू बिचको सम्बन्ध अझ प्रगाढ बनाउन किमुचौर माथिल्लो गाउँमा रहेको मालारानी टोल विकास संस्थाको आयोजनामा हिजो १४ गते वडा अध्यक्ष मित्रलाल कठायत बाट उद्घाटन गरि प्रतियोगिता सुरु भएर आज १५ गते प्रतियोगिता सम्पन्न भएको छ ।

जस मध्ये टोल बिकाश संस्था अन्तर्गतको भलिबल प्रतियोगितामा मालारानी टोल विकास संस्था अर्थात आयोजक टिम ए प्रथम भएको छ । त्यस्तै मिलन टोल बिकाश संस्था ए दोश्रो र नमुना टोल बिकास संस्था ए ले तेश्रो स्थान हात पारेको छ । प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई नगत पुरस्कार सहित खेलाडीहरुलाई प्रमाणपत्र र टोल विकास संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । भलिबल प्रतियोगितामा ४ वटा टोल बिकाश संस्था बाट ७ वटा टिमले सहभागिता जनाएको आयोजक मालारानी टोल विकास संस्थाका अध्यक्ष मणिराम राणाले जानकारी थिएका छन ।


भलिबल प्रतियोगितालाई सफल बनाउन र सहजता ल्याउन रेफ्रीको भुमरीमा रहि समाजका सामाजिक ब्यक्तित्व डिल बहादुर थापा, नबिन पुनले हजीकरण गरेका थिए ।
त्यस्तै प्रतियोगिताको मुख्य रेफ्री समेत रहेका डिल बहादुर थापाले प्रतियोगिता सम्पन्न बनाउन सहयोग गर्नहुने जनप्रतिनिधि, समाजसेवी, खेलाडी लगाएत उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
