१४ बैशाख २०८१

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौर घंघारीचौरमा टोल विकास संस्था स्तरीय भलिबल प्रतियोगिता आज बाट सुरु गरिएको छ । खेल क्षेत्रलाई माथि उठाउन र साथिहरु बिचको सम्बन्ध अझ प्रगाढ बनाउन माथिल्लो किमुचौरमा रहेको मालारानी टोल विकास संस्थाको आयोजनामा आज १४ गतेका दिन वडा अध्यक्ष मित्रलाल कठायतले रिबन काटेर उद्घाटन गरि प्रतियोगिता सुरु गरिएको छ ।

जस मध्ये टोल बिकाश संस्था अन्तर्गतको भलिबल प्रतियोगितामा मालारानी टोल विकास संस्था अर्थात आयोजक टिम बाट ए र बि टिम, नमुना टोल विकास संस्था बाट ए र बि टिम, मिलन टोल बिकाश संस्था बाट ए र बि टिम र घंघारीचौर टोल बिकास संस्थाको एउटा टिम गरि ७ वटा टिमले सहभागीता जनाएका छन ।

भलिबल प्रतियोगिता भोलि सम्म संचालन गरिने आयोजक मालारानी टोल विकास संस्थाका अध्यक्ष मणिराम राणाले जानकारी थिएका छन ।

भलिबल प्रतियोगितालाई सफल बनाउन र सहजता ल्याउन रेफ्रीको भुमिकामा रहि समाजका सामाजिक ब्यक्तित्व डिल बहादुर थापा, नबिन पुन, विनोद रोका लगाएतले हजीकरण गरेका छन ।

उद्घाटन कार्यक्रममा वडा सदस्यहरु रेशम चन्द, दिपक पुन, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, राजनितिज्ञहरु, खेलाडी, खेल प्रेमी लगाएतको सहभागिता रहेको थियो ।