२ बैशाख २०८१

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौर छापटोलमा टोल विकास संस्था स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर छापटोलमा रहेको मिलन टोल विकास संस्थाको आयोजनामा १ गतेका दिन वडा अध्यक्ष मित्रलाल कठायत बाट उद्घाटन गरि प्रतियोगिता सुरु भएर २ गते प्रतियोगिता सम्पन्न भएको छ ।जस मध्ये टोल बिकाश संस्था अन्तर्गतको भलिबल प्रतियोगितामा मिलन टोल विकास संस्था अर्थात आयोजक टिम ए प्रथम भएको छ । त्यस्तै मालारानि टोल बिकाश संस्था दोश्रो र नमुना टोल बिकास संस्थाले तेश्रो स्थान हात पारेको छ । प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई ३ हजार, २ हजार र १ हजार नगत सहित टोल विकास संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । भलिबल प्रतियोगितामा विभिन्न टोल बिकाश संस्था बाट ७ वटा टिमले सहभागिता जनाएको आयोजक मिलन टोल विकास संस्थाका अध्यक्ष आसाराम घर्तीले जानकारी थिएका छन ।

भलिबल प्रतियोगितालाई सफल बनाउन र सहजता ल्याउन रेफ्रीको भुमरीमा रहि समाजका सामाजिक ब्यक्तित्व डिल बहादुर थापा, सोबेन्द्र थापा, नबिन पुनले हजीकरण गरेका थिए ।

वडा सदस्य समेत रहेका दिपक पुनले भलिबल प्रतियोगिता सफल हुनुमा खुसि व्यक्त गर्दै आउदा दिनहरुमा खेलाडीहरुमा उर्जा ल्याउन र नयाँ खेलाडी उत्पादन गर्नमा आफु सधै लागि पर्ने जानकारी दिदै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने विभिन्न तह र तप्काका ब्यक्तित्वहरुलाई धन्यवाद समेत दिएका थिए । त्यस्तै संस्थाका अध्यक्ष आसाराम घर्तिले पनि प्रतियोगिता सम्पन्न बनाउन जनप्रतिनिधि, समाजसेवी, खेलाडी लगाएत उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।