सल्यान २६ चैत ।
कृषकको टोलटोल अनि घर घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले आज कृषि तथा पशुपछिं बिमा सम्बन्धि छलफल कार्यक्रम छत्रेसश्वरी गाउँपालिका २ दहखोला सल्यानमा सम्पन्न गरेको छ। कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपछिं बिमा सम्बन्धि कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यानका शाखा प्रमुख अनुराग बोहराले जानकारी दिनुभयो । शाखा प्रमुख बोहराले कृषकलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीको मात्र एक्लो प्रयासले गाह्रो हुने भएको र यसमा स्थानीय सरकारले पनि केही जिम्मेवारी बोध गर्दा र सबै यी कुरा मिलेर गए कृषकहरुलाई थप सहज हुने बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका छत्रेस्वरी गाउँपालिका वडा न, २ का अध्यक्ष प्रेम बहादुर नेपालिले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताउनु भयो ।
उहाँले आफ्नो वडा मातहतका सबै कृषकलाई आफ्नो तर्फ बाट आवश्यक सहजीकरण समेत गर्ने बताउनु भएको छ । यस्ता सचेतना मूलक कार्यक्रम बेला बेला हुनुपर्ने र यस्तो महत्वपूर्ण कार्यक्रम ल्याई गाउँ गाउँमा छाइ रहेको एनएलजि इन्स्योरेन्स परिवारलाई बिशेष धन्यवाद समेत दिनु भएको छ ।


  1. त्यस्तै सरस्वती आधारभुत बिद्यालयका रानि पोखरिका सहायक प्राध्यानापक खुम बहादुर ओलिले कृषकको टोल टोलमा घर घरमा पुगेको एनएलजी बाट बिश्वस्त भै बीमा गर्न आग्रह गर्नुभयो ।
    त्यसैगरी अतिथिको रुपमा रहेका गरिब उत्थान कृषक समुहका प्रबन्धक गनेश कुमार ओलिले एनएलजी बाट बीमा बनाइ बिना झन्झेट छिटो छरितो भुक्तानी पाई बीमाको लाभ लिई सकेको कुरा ब्यक्त गर्दै अरुलाइ पनि बीमा गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमका सभा-ध्यक्ष एनएलजि इन्स्योरेन्स श्रीनगर शाखाको प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिनुभएको छ । साथै एनएलजी इस्न्योरेन्स सल्यान शाखाको तर्फ बाट कृषकलाइ सहजीकरण सम्बन्धमा आफू अहोरात्र तमतयार रहेको प्रष्ट पार्नुको साथै अभ्यासमा गरिदै आएका छिटो छरितो र झन्झट मुक्तका केही उदाहरण पनि दिनुभयो । बोहराले कार्यक्रममा स्वागत मन्तव्य सङ्गै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने छत्रेश्वरी गाउँपालिका वडा २ को कार्यालय तथा उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत दिनुभएको छ ।

उक्त कार्यक्रम संचालन सञ्चारकर्मी चुडामणि पि.एम. ले गर्नु भएको थियो । कार्यक्रममा वडाका वडा अध्यक्ष, स्थानीय शिक्षक तथा कृषक समुहका प्रमुख अनि वडाको विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका लगाएत ३९ जनाको सहभागिता रहेको थियो ।