सल्यान, २५ चैत । सप्ताहव्यापी वनस्पति दिवसको अवसरमा आयोजित टिमुरकप ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । बुधबार सम्म संचालन हुने भनिएको प्रतियोगिता खेलाडी समुहहरुविचको सहमतिमा लगातार खेल संचालन गरेर आइतबार नै सम्पन्न गरिएको हो । ११ वटा समुहको सहभागिता रहेको टिमुरकप ब्याडमिन्टन प्रतियोगितामा खगेश्वर थापा र नवराज जैसीको टीम प्रथम, सुबाश हमाल र भुवन डाँगी को टीम द्वतीय तथा नवराज डांगी र जीवन भण्डारी टिम तृतीय भएको हो । वनस्पती अनुसन्धान केन्द्र सल्यानमा चैत्र २४ गते बिहान ८:३० मा कपुरकोट गा पा श्रदेय अध्यक्ष दुर्गा पुन ज्युबाट प्रमुख अतिथीको रुपमा टिमुरको बोटमा पानी हालेर तथा सहभागी सबैले टिमुरको चिया खाएर उद्घाटन भएको पालिका स्तरिय “टिमुर कप खुला ब्याडमिन्टन प्रतियोगिता” आज सम्पन्न भएको छ ।
प्रतियोगितामा कपुरकोट गाउँ पालिका भरीबाट ११ टीम सहभागी थिए । वनस्पती अनुसन्धान केन्द्र मुलपानी सल्यानको आयोजनामा भएको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार र प्रमाण पत्र भने वनस्पती दिवसको बिशेष दिन चैत्र २९ मा एक समारोह बिच प्रदान गरिने केन्द्रका कार्यालय प्रमुख डा. मित्र पाठकले बताए । कपुरकोट गाउँपालिकाको ब्यवस्थापकिय सहयोग रहेको प्रतियोगिताको पहिलो पुरस्कार ८००० रुपैया निर्माण व्यवसायी युवराज लामाले सौजन्य गरेका छन् । यस्तै दोश्रो पुरस्कार ५००० रुपैया कपुरकोट ब्याडमिन्टन संघ र तेश्रो पुरस्कार ३००० रुपैया होटेल रेलिमाइ एण्ड लजले सौजन्य गरेको छ । “स्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पति” भन्ने नाराका साथ वनस्पति बिभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विविध कृयाकलाप संचालन गरिरहेको छ ।
