२०८३ साउन १७ गते सोमवार | 2026 August 3rd Monday
  • हाम्रो बारेमा
  • राजनीति
  • समाज
  • विचार
  • प्रदेश समाचार
    कोशी प्रदेशमधेस प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अपराध
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    सम्पादकीयशिक्षास्वास्थ्यकृषिविज्ञान प्रविधि

सल्यानमा ‘स्ट्रिट फुड’को खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण

सप्तरंगी अनलाइन
सल्यान , ८ चैत । सडक तथा बजार क्षेत्रमा विक्रिका लागि राखिने खाद्य पदार्थको स्वच्छता अभिवृद्धिका लागि सल्यान श्रीनगरमा अभिमुखिकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले श्रीनगर क्षेत्रका व्यापारिलाई जनप्रतिनिधी तथा पत्रकारहरुको सहभागितामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गरेको हो । कार्यक्रममा स्ट्रिट फुडलाई स्वच्छ राख्ने उपाय सहित स्ट्रिट फुडलाई स्वच्छ बनाउन प्रयोग गरिने सामग्रीको विषयमा जानकारी गराईएको थियो । शारदा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेष बहादुर थापाले कच्चा पदार्थ किन्दादेखि ग्राहकलाई पस्कदासम्म हानिकारक तत्वहरु खानेकुरामा आउन सक्ने भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले खाद्य पदार्थको स्वच्छताका लागि उत्पादक, संचालक गम्भीर बन्नुपर्ने भन्दै नियमनकारी निकायको सक्रियता पनि कडाईको साथ बढाउनुपर्ने बताए । स्ट्रिट फुडहरु पस्कने र तयार पार्ने स्वच्छ विधिलाई अभिवृद्धि गर्नका लागि सचेतनाका कार्यक्रम नियमित रुपमा धेरै भन्दा धेरैको सहभागितामा सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी, वडा अध्यक्षहरु लगाएतको पनि सहभागिता थियो । चिया पसल, चटपटे तथा ठेलाका साथै होटल व्यवसाय गर्नेहरुले आफ्नो पसल सफा राख्नुपर्ने, आफ्नो व्यक्तिगत सरसफाइ साथै भान्सा, भाँडाकुँडा सफा राख्नुपर्ने कुरामा जोड दिइएको थियो । यसैगरी स्वच्छ पानी स्वच्छ खाद्य पदार्थमा जोड दिनुपर्ने, खाद्य सामग्री राम्ररी पकाउनुपर्ने, पकाएको र नपकाएको छुट्टै राख्नुपर्ने साथै पकाएको खाद्य सामग्रीलाई उचित व्यवस्थापन गर्नुपर्नेजस्ता कुरामा जनचेतना जगाइएको थियो । सडकमा मानिसहरुको ओहरदोहरका क्रममा खानामा संक्रमण हुने भएकाले सुरक्षाको विधि अपनाउन व्यवसायीलाई प्रोत्साहन गरिएको थियो । यस्तै प्रिन्टिङ पेपरमा खानेकुरा खाँदा क्यान्सरको जोखिम हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । न्युज पेपरहरुमा चटपटे,पानीपुरी लगायतको प्याक गरेर खाने चलन रहेकोमा त्यसलाई तुरुन्तै हटाउनुपर्ने विषयमा समेत अभिमुखिकरण गरिएको कार्यालयका प्राविधिक कपिल सुवेदीले जनाए ।
Post Views: 241
प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
अनुमति बिना ड्रोन उडाए कानुनी कारबाही हुने
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
शुक्लाफाँटा निकुञ्जभित्र च्याउ गएका महिला सम्पर्कमा आए
ताजा अपडेट
१
अनुमति बिना ड्रोन उडाए कानुनी कारबाही हुने
२
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
३
शुक्लाफाँटा निकुञ्जभित्र च्याउ गएका महिला सम्पर्कमा आए
४
भुटानी शरणार्थी प्रकरण, दुई जना पुर्व मन्त्रीलाई छ वर्ष कैद सजाय
५
विकटको परिचयबाट विकासको यात्रातर्फ कालिमाटी, अर्को वर्षको लागि साढे ५३ करोडको बजेट पारित
  • सल्यान मिडिया हाउस प्रालि
  • कपुरकोट गाउँपालिका ०३ , सल्यान
  • +९७७-९८६८३१२३८५
  • saptarangionline@gmail.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४५२/०७७-७८

संचालक : चुडामणि पुन

सम्पादक : तारा कुमारी वि.क

सह–सम्पादक : नोखिराम थापा (क्षितिज)

समाचार बिभाग प्रमुख : प्रकाश भण्डारी

समाचार दाता/व्यबस्थापक : जिवन खड्का

समाचार दाता : भावना बि.क

विज्ञापनको लागि: ९८४७८८५९५३

copyright © saptarangionline.com, All Rights Reserved.

Powered By : TopLine Technology