नोखिराम थापा
सल्यान, चैत ८ गते । यहि चैत १५ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सल्यान जिल्लाबाट ४ हजार ५८२ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न १० वटा पालिकाका ८२ सामुदायिक, ८ संस्थागत र १ खुल्ला बिद्यालय गरी जम्मा ९१ वटा बिद्यालयका बिद्यार्थीहरु परिक्षामा सहभागी हुनेछन् ।
जिल्ला भर २५ परीक्षा केन्द्रबाट नियमित र ग्रेड वृद्धि गरी छत्र २ हजार १०७ र छात्रा २ हजार ७५ गरी जम्मा ४ हजार ५८२ जना विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लालबहादुर घर्तीले जानकारी दिनुभयो ।