चैत्र ४ सल्यान ।
राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको पाँचौं अधिवेशन  शनिबार खलङ्गामा सम्पन्न भएको छ । चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रबिन भण्डारिको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख भण्डारिले राप्ती साहित्य उत्सवको लागी ५ लाख बजेट बिनियोजन गरेको बताए ।
पाँचौं अधिवेशन बाट  नँया कार्य समिती चयन गरीएको छ । जस्मा अध्यक्षमा इन्द्र भण्डारी अंकित निर्वाचित भएका छन । अधिवेशनबाट उपाध्यक्षमा तारादेब शर्मा प्रर्दशन, सचिवमा नोखिराम थापा सहसचिवमा खिमा बोहरा र कोषाध्यक्षमा मोहनसिंह घर्ति निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा प्रदिप मगर,झरना चन्द,कमल धिताल   रहेको राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले जनाएको छ । परिषदले गर्दै आएका बिभिन्न कार्यक्रमलाई नयाँ निर्वाचित समितिले व्यवस्थित तरिकाले संचालन गर्ने परिषदले जानकारी दिएको छ । यस्तै राप्ती साहित्य परिषदका बर्तमाण अध्यक्ष इन्द्र भण्डारी अंकितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्यिय प्रतिनिधी तथा राप्ती साहित्य परिषद दाङका अध्यक्ष दिपक शर्मा समिर,संस्थापक अध्यक्ष तथा सल्लाहाकार केशव राज देवकोटा,साहित्यकारहरु र पत्रकारहरु को उपस्थिति रहेको थियो भने कार्यक्रम्मा बिभिन्न स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस