२१ फागुन २०८०
एनएलजी इन्स्योरेन्स क.ली. सल्यान शाखाले दुई दर्जन बढी बीमितको बीमा दाबी भुक्तानी गरेको छ । कार्यालयमा अनौपचारिक चियापान तथा बीमा दाबी भुक्तानी कार्यक्रम गर्दै विभिन्न कृषक समुहहरुको प्रती निधिलाई बीमा दाबी रकम बापतको चेक हस्तान्तरण गरिएको हो । साथै तेश्रो पक्ष मोटर बीमा दाबी रकम बापतको चेक पनि हस्तान्तरण गरिएको छ ।

उपस्थित बीमा दाबी कर्ताले आफ्नो बीमा प्रतिको अनुभव सुनाउदै बीमा प्रक्रियामा आफ्नो तर्फबाट सबै प्रक्रिया मिलाएर ३ दिन भित्रमा नै बीमा दाबि पाएको भन्दै खुसी ब्यक्त गर्दै सल्यान शाखा र समग्र सस्थालाइ धन्यवाद समेत व्यक्त गरेका थिए ।

साथै शाखा प्रमुख अनुराग बोहराले बीमा बिस्वस्नियताका साथ बीमा गर्न र दाबी प्रक्रियामा थोरै कृयाशिल मात्र भैदिए बीमा दाबी यथासिघ्र हुनेमा बिस्वस्थ पारेका छन भने त्यस्का लागि बीमितलाई आवश्यक सहजीकरण को लागि आफू अहोरात्र तमतयार रहेको प्रतिबद्धता समेत जाहेर गरेका छन ।


