फागुन,९ सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिकामा दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सोमबार पालिकामा अभिमुखिकरण कार्यक्रम गरेर फागुन १० देखि १४ गते सम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिइएको हो ।

९ महिना देखि ५ बर्ष उमेर समुहमा पर्ने ६ वटै वडाका १४ सय ६६ जना बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने छ । पालिका भित्रका १९ वटा खोप केन्द्रबाट एकै साथ खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख सुवास हमालले जानकारी दिनु भयो ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग र रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग रुबेला भएकाले नियमित खोप अन्तर्गत दादुरा बिरुद्धको खोप लगाई सकेकाले पनि नछुटाई खोप लगाउन हमालले अनरोध गर्नु भयो ।

दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याउने हमालको भनाई छ ।

यस्तै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले अभिमुखिकरण कार्यक्रममा उपस्थित सरोकारवालाहरुलाई खोप अभियानमा सहयोग गर्न अनुरोध गनु भएको छ । उँहाले दादुरा रुबेला रोगको संक्रमणबाट बच्न बचाउनका लागि खोप अभियानमा सहयोग गर्न अनुरोध गर्नु भयो ।

दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ । त्यसैगरी,रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने गर्दछ । दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा,हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्ने स्वास्थ्यकर्मीहरुको जनाएका छन् ।

दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हा े। संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखा पर्नेे स्वास्थ्यकर्मीहरुको भनाई छ ।