फागुन १, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते सार्वजनिक बिदा दिएको छ । सरकारले दिदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । तर माओवादीले जितेका पालिकाहरुमा भने सर्वोच्च अदालतको फैसला विरुद्ध दिवसको बिदा दिएका छन् ।
आज ( आइतबार) गाउँपालिका कार्यबहाक अध्यक्ष जुना मल्ल चन्दद्धारा हस्ताक्षतिर सार्वनिक सूचनामा उल्लेख गरिएको छ । माघ १७ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिइएको उहाँको भनाई छ । जनयुद्ध दिवसको उपलक्ष्यमा यस गाउँपालिका अन्तर्गतका कार्यालयहरु र विद्यालयहरु बिदा दिने निर्णय भएको मल्लले बताउनु भयो । सल्यानका दश पालिका मध्ये दार्मा गाउँपालिकामा माओवादीले.सम्पूर्ण पदमा क्लिनस्विप गरेको थियो ।

