सल्यान, २८ माघ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा आफ्नै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राहिले धूम्रपान र मद्यपान सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । ५ नम्बर वडा कार्यालयले वडामा सामाजिक सुरक्षा भत्ता वापतको रकम बुझ्न आएकाहरुलाइ धूम्रपान र मद्यपानबाट स्वास्थ्यमा आउने समस्याको बिषयमा परामर्श कक्षा चलाएको थियो ।सो अवसरमा लाभग्राहीले भत्ताको रकम स्वास्थ्यलाई लाभ हुने काममा लगाउछौ भनी सामुहिक प्रतिबद्धतामा सहिछाप गरेको गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । यस कार्यको सकारात्मक वा नकारात्मक प्रभावको निगरानी गरिने पनि उनले जनाए ।छत्रेश्वरी गाउँपालिकाले चालू आर्थिक बर्षको दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता पनि वडास्तरबटै वितरण गरिरहेको छ । वडा वाटै सामाजिक सुरक्षा भता पाएकोमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ती तथा एकल महिलाले खुसी व्यक्त गर्दै आफुले पाएको भत्ताले फलफुल, अन्डा, माछा, मासु,खाने र न्यानो तथा नयाँ कपडा किन्ने भन्दै जाँड, रक्सी, चुरोट विडि, खैनी कहिलै सेवन नगर्ने  प्रतिवद्धता जनाएका हुन् ।आइतबार मात्रै वडा नम्बर ५ मा ९१ जनाले सामाजिक सुरक्षा भत्ता बुझिलगेको छत्रेश्वरी गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले जनाएको छ ।