२८ पुष २०८०

आई.एम.ई लाइफ इन्स्योरेन्सले सवारी गुर्घटनामा परेर मृत्यु भएकी छत्रेश्वरी ३ निवासी सुनिता बिकका छोरा पुस्पकमल सुनारलाइ दुई लाख १० हजार रुपैया दावी भुक्तानी दिएको छ ।

छत्रेश्वरी गाउँपालिका सल्यान र आइएमइ लाइफ इन्स्योरेन्स बिचमा भएको दलित समुदायको म्यादी जीवन बिमा सम्झौता बमोजिम शुक्रबार गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बिमा बापतको रकम प्रदान गर्नुभएको हो ।
गाउँपालिकाले आफ्नो पालिका भित्रका ७२१ जना दलित समुदायका व्यक्तिको म्यादी जीवन बिमा सम्झौता गरिदिएको छ ।

२०८० कार्तिक २० गते कपुरकोट ३ मुलपानीमा सुनिता बिकको सवारी दुर्घटनामा मृत्यु भएको थियो । बिमांक रकम १ लाख रहेकोमा बिमा दाबी रकम २ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सो अवसरमा आइएमइ लाइभ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायाले म्यादी जीवन बिमाको बारेमा जानकारी गराउदै छत्रेश्वरी गाउँपालिकाले आफ्ना नागरिकको हितको लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहरा, सल्यान दृष्टिकोणका उपाध्यक्ष ज्ञानेन्द्र पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शंकर केसीले गर्नुभएको थियो ।