सूर्खेत २२ पौष ।
सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत मिस्त्रीहरुका लागि १०दिने तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका अन्तर्गत सुस्वा आयोजनाको सहयोगमा हाल निर्माण चरणमा रहेका खानेपानी तथा सरसफाइ योजनाहरुबाट १० जना सक्रिय स्थानीय मिस्त्रीहरु छनौट गरी मिति २०८० पौष १२ गते देखि पौष २१ गतेसम्म भेरीगंगा नगरपालिका वडा नं २ स्थित मैनटार सनिमुल खानेपानी तथा सरसफाइ योजना क्षेत्रमा संचालन गरिएको थियो । यस अवधिमा सुस्वा परियोजनावाट उपलव्ध गराइएका प्रशिक्षकद्धय टेक हमाल तथा गमान सिह थापाले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गर्नको साथै भेरीगंगा नगरपालिका अन्तरगत वास इकाइमा कार्यरत कर्मचारीहरुले समेत सहजीकरण गर्नु भएको थियो । तालिम अवधिमा अति विपन्न घरधुरी छनौट गरि ५ वटा सौचालय निर्माण कार्य सम्पन्न गरिएको थियो । तालिमको अन्तिम दिन आज पौष २१ गते सो तालिमको समापन कार्यक्रम भेरीगंगा नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री चिरन्जीवि वुढाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि एवं नगर प्रमुख यज्ञ प्रशाद ढकाल ज्यू तथा विशिष्ठ अतिथी नगर उप प्रमुख धनसरा वोहरा ज्यू हुनुहुन्थ्यो । सो अवसरमा स्वागत मन्तव्य दिदै भेरीगंगा नगरपालिका अन्तरगत खानेपानी सरसफाइ तथा वातावरण शाखा प्रमुख श्री चित्र वहादुर के सि ले मानव जीवनको सभ्यतासंग जोडिएको विषय भएकाले विशेष ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी एवं नगर प्रमुख ज्यूले यो तालिमले दक्ष जनशक्ती उत्पादन गरि युवा रोजगारीको शिर्जना गर्नको साथै समुदायमा प्रयोग मैत्री सौचालय निर्माण कार्यमा तिव्रता अउनको साथै पुर्ण सरसफाइ उन्मुख समुदाय हुदै पुर्ण सरसफाइ टोल घोषणा गर्न सहयोग पुग्ने बताउनुभयो । सोहि अवसरमा वोल्दै नगर उप प्रमुख एवं कार्यक्रमका विशिष्ट अतिथि ज्यूले तालिममा सहभागी व्यक्तीहरुले सौचालय निर्माण कार्यमा सहजीकरण गर्दै आ आफ्नो समुदायको साथै छिमेकी गाउँमा समेत अभियानको रुपमा संचालन गर्नु पर्ने कुरा वताउनु भयो । कार्यक्रम संचालक एवं वास संयोजक देवराज भण्डारीले समुदायलाइ पुर्ण सरसफाइ टोल घोषणा गर्न यो तालिम निकै सहयोगी सावित हुने तथा समुदायमा हाल भएका सौचालयको स्तरोन्नती र सौचालय वन्न नसकेका घरधुरीमा सौचालय निर्माण कार्यमा सहयोग भइ सुधारिएको सौचालय निर्माण कार्यले तिव्रता पाउने बताउनुभयो ।
सबैका लागि दीगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपेली युनियनको सहयोगमा कर्णाली प्रदेशमा १० वटा जिल्लाका विभिन्न गाउँ नगरपालिकाहरुमा संचालित आयोजना हो । आयोजना मुख्यतया बिद्धमान खानेपानी प्रणालीहरुको सुचारुपन संचालन र खानेपानी सुरक्षा ब्यबस्थापनमा सुधारगरि ग्रामीण खानेपानी, सरसफाई र स्वच्छ्तामा सहयोग पुयाउने, खानेपानीमा सुशासन, क्षमता विकासमा केन्द्रित रहेको छ । सुस्वा आयोजनाको समग्र दृष्टिकोण भनेको आयोजना लागु भएका स्यानीय सरकारको योजना र योजना कार्यान्वयन चक्रलाई विभिन्न तहमा आवश्यक प्राबिधिक सहयोग, क्षमता अभिवृद्धि र लगानीका लागि पुजीगत कोष उपलब्ध गराएर सहयोग पुर्याउनु रहेको छ । आयोजनाले कर्णाली प्रदेशका बासिन्दाहरुको खानेपानी र सरसफाई जस्ता आधारभूत सेवामा उनीहरुको पहुँच, गुणस्तर र पानी सुरक्षाको सुनिक्षितताका साथसाथै स्थानीय सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गरि मानव अधिकारमा आधारित मापदण्ड अनुसार योजना तर्जुमा र बजेट बिनियोजन गरि ति सेवाहरु प्रबाहका लागि लगानी गर्दछ । सुस्वा आयोजना मानव अधिकारमा आधारित दृष्टिकोणमा आधारित रहेको छ र यसमा लैंगिक समानता र गैह्र–भेदभावपूर्ण ब्यबहारका साथै जलवायु उत्थानशिलता, न्यून कार्बन उत्सर्जन, लैंगिक समता, अपांगता र सामाजिक समाबेसिता आदि जस्ता अन्तर–सम्बन्धित सवालहरु (Cross–cuttingissues) आयोजनाको बिशिष्ट उद्देश्य र लक्ष्यमा समाबेस गरिएका छन् ।
चर्पी अर्थात शौचालय सरसफाइको आधारशिला हो । खुला दिसा मुक्त पछिको पूर्ण सरसफाई युक्त गाउँघर टोलहरु बनाउन चर्पीको महत्वपूर्ण भूमिका रहन्छ । चर्पी निर्माण सम्पन्न भैसकेपछि नियमित मर्मत सम्भार गर्न स्थानीय स्तरमा दक्ष व्यक्तिको ठूलो भूमिका हुने भएकोले पनि तालिम पश्चात यस तालिमबाट समुदायस्तरमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
