सल्यान, १४ पुस ।

सल्यानको छत्रेश्वरीमा एकिकृत समाजवादीका वडा कमिटी अध्यक्ष, सचिव सहित २६ जना एमालेमा समाहित भएका छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा समाजवादीका वडा कमिटी अध्यक्ष लेख बहादुर चन्द, सचिव मिना मल्ल लगाएत २६ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् । एमाले सल्यान जिल्ला कमिटी सचिव ओज बहादुर बुढाथोकी लगाएतका नेताहरुले शनिबार उनीहरुलाई पार्टीमा स्वागत गरेको एमाले छत्रेश्वरी गाउँपालिका कमिटीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए ।

समाजवादीको कुनै औचित्य नभएको र देशको सच्चा शक्ति एमाले नै भएको भन्दै एउटै वडाबाट समाजवादीका २६ जना नेता कार्यकर्ता पुरानै पार्टीमा फर्कीएको एमाले छत्रेश्वरीले जनाएको छ । सो अवसरमा बोल्दै एमालेमा समाहित भएका लेख बहादुर चन्द र मिना मल्लले आफुहरु पहिले देखि नै एमालेमा फर्कीन आतुर रहेको उल्लेख गर्दै अव एकजुट भएर पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

पार्टीमा स्वागत गर्दै एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले भरपर्दाे पार्टी एमाले मात्रै भएको जनाउदै एमालेको नेतृत्वमा मात्रै विकास। समृद्धि र सुशासन प्रापत गर्न सकिने धारणा राखेका थिए । उनले पार्टीका सबै नेता कार्यकर्ताले उचित जिम्मेवारी पाउने भन्दै एमालेलाई बलियो बनाएमा मात्रै विकास संगै नागरिकमा आशा, भरोसा, उत्साह र विश्वास जागृत हुने बताए ।

एमाले छत्रेश्वरी १ को वडा कमिटी बैठकमा पार्टीका गतिविधि समिक्षा संगै स्वागत कार्यक्रम र आगामी कार्यदिशाको बारेमा छलफल भएको वडा कमिटी अध्यक्ष कालि बहादुर चन्दले बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु फौद बहादुर बस्नेत, खडग शाही, देव बहादुर घर्ती, अमृता चन्द, गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, सचिव एकराज थापा लगाएतले बोलेका थिए । बैठकको सञ्चालन वडा कमिटी सचिव रुद्र चन्दले गरेका थिए ।