सल्यान १८ मंसिर ।
नेकपा एमाले अध्यक्ष के.पि शर्मा वली भोली सल्यान आउने भएका छन् । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रमम पार्टी अध्यक्ष वली मंसिर १९ गते मंगलबारका दिन बिहाना ८ बजे सल्यान सल्लीबजारमा आउने कार्यतालिका रहेको नेकपा एमाले सल्यान जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुनले जानकारी दिएका छन् । नेकपा एमालेले यस यात्रालाई झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नाम दिएको छ । मध्यपहाडी संकल्प यात्रामा एमालेले बैतडीको झुलाघाटबाट सुरु भएको १९औं दिनमा पाँचथरको चिवाभञ्ज्याङ गेर टुंगिने संकल्प यात्रामा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने २६ जिल्लाका नागरीकसंग प्रत्यक्ष भलाकुसारी गर्दै छ ।


सल्यान सल्लीबजारमा हुने कार्र्यक्रमको सम्पुर्ण तयारी पुरा भएको नेकपा एमाले सल्यानले जनाएको छ । कार्यक्रमको लागि नेकपा एमालेका नेकपा सल्यान जिल्ला तथा कर्णाली प्रदेश कमिटी नेता तथा कार्यकर्ताहरु सल्लीबजारमा जम्मा हुने क्रम चलिरहेको छ ।