सल्यान २४ कार्तिक ।
जिल्ला समन्वय समिति सल्यानको जनप्रतिनिधिहरुले दार्माका भुकम्प पिडितहरुका लागि दार्मा गाउँपालिकाको विपद राहत कोष ७५ हजार रकम सहयोग गरेका छन् । विपद राहत कोषमा जिल्ला समुन्वय समिति सल्यानको प्रमुख वेलाराम रावलले २५ हजार, उप प्रमुख अशबिर बुढाथोकीले १५ हजार कोषमा जम्मा गरेका छन् । तेस्तै सदस्यहरु हरिलाल खत्रीले ५ हजार, चेत बहादुर गिरी ५ हजार, हिरा कुमारी शाह चन्द ५ हजार, विमला खत्री ५ हजार, विन्दु पुन ५ हजार र जमुना बि.क ले रु ५ हजार गरी दार्मा गाउँपालिकाको विपद राहत कोषमा जम्मा रु ७५ हजार रकम सहयोग गरेका छन् । विनासकारी भुकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्दारका लागि जिल्ला समन्वय समिति सल्यानको बैठकको निर्णय अनुसार स्थानिय विपद व्यस्थापन कोषमा जम्मा गरेको उप प्रमुख अशबिर बुढाथोकीले जानकारी गराएका छन् ।