कार्तिक २३ सल्यान ।

सल्यानको कपुरकोट गाउँ पालिका वडा नम्बर ४ मा प्रथम वडा अध्यक्ष कप हिजो २२ गते उद्घाटन भएर आज दोश्रो दिन भएको छ ।

कपुरकोट गाउँ पालिका ४ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप कार्यक्रममा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मौलिक कला संस्कृति संरक्षण कार्यक्रम हिजो सम्पन्न भएको थियो । भने वडा अध्यक्ष कप खेलकुद अन्तर्गत भलिबल प्रतियोगितामा विभिन्न टोल बिकाश संस्था बाट १५ वटा टिमले सहभागिता जनाएका थिए । ति टिम मध्ये आजको खेल बाट ९ वटा टिम बाहिरिएको छ । भोलि ६ टिमको खेल प्रस्तुत हुने जानकारी प्राप्त भएको छ ।

बाकी विभिन्न प्रतियोगिताहरु:-

#भाले छोप्ने प्रतियोगिता
#स्लो बाइक रेस प्रतियोगिता
#महिला घैटा फोड प्रतियोगिता
#पुरुष दौड प्रतियोगिता
#महिला दौड प्रतियोगिता
#डोरि तान्ने प्रतियोगिता

भोलि हुने छन् ।

##भलिबल प्रतियोगितालाई सफल बनाउन र सहजता ल्याउन रेफ्री अशोक बाठा र प्रशान्त डागीले सहजीकरण गरेका छन ।
भोलि अन्तिम दिन विभिन्न प्रतियोगिता सक्नुपर्ने र प्रथम वडा कप कार्यक्रम समापन गर्नुपर्ने भएकाले वडाका सम्पुर्ण टोल बिकाश संस्थाका पदाधिकारीहरु, आमा समूहहरु, खेलाडीहरु लगाएत विभिन्न तह र तप्काका शुभ चिन्तकहरुमा उपस्थित भै दिन हुन वडा अध्यक्ष मित्रलाल कठायतले हार्दिक अनुरोध गरेका छन् ।